काठमाडौं । चिनियाँ ह्याकरहरुले डाटा ह्याक गरी विभिन्न बैंकको एटीएमबाट साढे ३ करोड रुपैयाँ चोरी प्रकरणमा राष्ट्र बैंकले थप अर्को कदम चालेको छ ।
आइतबार ५ सदस्यीय अध्ययन समिति गठन गरेको राष्ट्र बैंकले सोमबार राष्ट्र बैंकको भुक्तानी विभागले फरेन्सिक टेस्ट गर्न नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) लाई पत्र पठाउँदै निर्देशन दिएको छ ।
कर्मचारीको चलाखी र प्रहरीको ‘फास्ट एक्सन’ले चाइनिज लुटेरबाट यसरी जोगिए नेपाली बैंक
‘फरेन्सिक टेस्ट गर्न हामीले नेप्सलाई पत्र पठाउँदै निर्देशन दिइसकेका छौं,’ भुक्तानी विभागका एक अधिकारीले क्लिकमाण्डूसँग भने, ‘फरेन्सिक टेस्ट गरेपछि मात्रै प्राविधिक रुपमा यथार्थ कुरा पत्ता लाग्छ ।’
शुक्रबार काठमाडौं आएका चिनियाँ ह्याकरहरुले शनिबार दिउँसोदेखि विभिन्न ६ वटा बैंकको एटीएम प्रयोग गरी ३ करोड ४५ लाख रुपैयाँ चोरी गरेका थिए । नेपालबाट १ करोड ७६ लाख र भारतबाट १ करोड ५ लाख भारु चोरी गरेका थिए ।
५ जना ह्याकरलाई प्रहरीले शनिबार साँझ पक्राउ गरिसकेको छ भने आइतबार राति अर्का एक ह्याकरलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरेको थियो । बाँकी केही ह्याकरहरु भने भाग्न सफल भएका छन् ।
चिनियाँ ह्याकरको पैसा साटेको भन्दै ठमेलका ३ मनि चेञ्जर कम्पनीका सञ्चालकलाई पनि प्रहरीले सोमबार पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्