। सीडीएस एन्ड क्लियरिङ लिमिटेडले भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्नको लागि नयाँ सफ्टवेयरको परीक्षण सुरु गरेको छ ।
हाल मेरो सेयर प्रयोग गरिरहेका साढे ५ लाख हाराहारीमा रहेका लगानीकर्ताहरुले यसको परीक्षण गर्न सक्नेछन् । सीडीएससीले लाभकर गणना प्रणालीसँगै मेरो सेयर सफ्टवेयरका अन्य फिचरहरु राखिएको छ ।
सीडीएससीले मेरो सेयर सफ्टवेयर प्रयोग गर्नेहरुलाई यसको प्रयोग गर्न र कुनै समस्या तथा सुझाव दिन समेत आग्रह गरेको छ । अहिले परीक्षण कालमा रहेको र यसको परीक्षण काल सकिएपछि पूर्ण प्रयोगमा आउने छ । यसको पूर्ण प्रयोगमा आएपछि सेयरको लाभकर गणनामा अहिले रहेको औठाँछाप युगको समाप्त हुने भएको छ ।
सरकारले साउन १ गतेबाट भारित औसतबाट पुँजीगत लाभकर लिन सुरुगरेयता गणना विधिमा समस्या विभिन्न समस्या देखिएको थियो । यो सुरुभएसँगै लगानीकर्ताले सेयर बजारमा ढुंगेयुगको सुरु भएको भन्दै सर्वत्र विरोध गरेका थिए । अब यो सफ्टवेयर पूर्ण प्रयोगमा आएपछि बजारमा ढुंगेयुगको अन्त्य हुने छ । अब लगानीकर्ताले ब्रोकरकोमा गएर औठाछाप लगाउनु पर्ने छैन । आफू भएको स्थानबा बसेर एक क्लिकमा नै सबै काम हुने छ ।
सिडिएससीले यो सफ्टवेयर परीक्षणका क्रममा देखा पर्न सक्ने विभिन्न समस्याहरुलाई तत्काल समाधान गरी नयाँ सेवा सहितको मेरो सेयर तथा शीर्घ सञ्चालनमा ल्याउने समेत प्रतिबद्धता जनाएको छ । यस सफ्टवेयर हाल परीक्षणका लागि उपलध्ब गराईएकोेले यस मार्फत गरिएका इडिआईएस, माई आश्वा, माइ पर्चेज सोर्स, माई बैंक रिक्वेष्ट, चेन्ज पासवर्ड लगायतका कारोबारहरु वास्तविक नहुने तथा कुनै पनि समयमा उक्त कारोबारको. विवरण सिडिएससीले हटाउन वा परिवर्तन गर्न सक्ने समेत जनाएको छ ।
SHARE YOUR THOUGHTS