काठमाडौं । मंगलबार कारोबार सुरु भएदेखि नै गिरावटतर्फ उन्मुख रहेको सेयर बजारमा सुधारको संकेन न्यून प्राय देखिएको छ ।
कारोबार सुरु भएको १ घन्टामा नेप्से मापन गर्ने सूचक १२.४२ अंकले घटेर ११५७.९१ अंकमा पुगेकाे छ । ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २. ६४ अंकले घटेर २५३.६७ बिन्दुमा रहेको छ ।
यो समाचार तयार पार्दासम्म ११४ कम्पनीको २ लाख २ हजार १२६ कित्ता सेयर ५ करोड ५६ लाख ३ हजार ७८७ कित्ता सेयर किनबेच भएको छ । सेयर बजार राताम्य प्राय देखिएको छ । ११ समूहको कारोबारमा सबैको उपसूचकमा गिरावट देखिएको छ ।
SHARE YOUR THOUGHTS