सहकारी विभागले आइतबार एक सूूचना जारी गर्दै सहकारी ऐनको दफा ८७ र विनियमावलीको नियम ९ मा भएको व्यवस्था कार्यान्वयन गर्न, सहकारी संस्था एकीकरण तथा विभाजन निर्देशिका २०७७ बमोजिमको प्रक्रिया पूरा गर्न सबै सहकारीहरुलाई भनेको हो। यस्तै सहकारी ऐन, २०७४ को दफा ४१/२ बमोजिमको सहकारी संघ संस्थाहरु एकीकरण पश्चात हुन जाने पदाधिकारीहरूमा समावेशिता कायम, सहकारी नियमावली, २०७५ को नियम ३९ (३) बमोजिम विसं. २०४९ साल जेठ २ गतेभन्दा अगाडि स्थापना भएका साझा सहकारी संस्थाहरुको एकीकरण गदा मन्त्रालयको पूर्वस्वीकृत लिनुपर्ने विषय र सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका, २०७० को दफा २३ बमोजिम तदर्थ समिति गठन भएको भएको मितिले तीन दिनभित्र सम्बन्धित नियामक निकायमा पठाउने विषयमा समिति गठन गर्ने र दफा २४ बमोजिम तदर्थ समिति गठन भएको मितिले तीन दिनभित्र सम्बन्धित नियामक निकायमा जानकारी पठाउने विषयमा पनि विभागले ध्यानाकर्षण गराएको छ। पछिल्लो समय सहकारीहरुमा मर्जरको लहर चलेको छ। भदौ ११ गते ५ सहकारीले मर्जरमा जाने सम्झौता गरेका थिए भने १७ गते ९ र १८ गते ११ वटा सहकारीले मर्जरमा जाने सम्झौता गरेका थिए।
पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट
प्रतिक्रिया