![](https://internal.appharu.com/wp-content/uploads/2019/07/nepse-nepal-stock.jpg)
यस अघि कारोबार रकम न्यून हुने गरेकोमा अहिले भने कारोबार रकममा वृद्धि हुन थालेको छ ।
११ समूहको कारोबारमा बैंकिङ समूहको उपसूचक ६.१, होटल ६.४२, डेभलपमेन्ट बैंक ३.१७, माइक्रोफाइनान्स २.८१ जलविद्युत ४.३, निर्जीबन बीमा समूह २५.२, जीवन बीमा समूहको उपसूचक ८.३९ अंकले बढेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक १९.४५ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा सबै भन्दा बढी माच्छापुच्छ«े बैंक रहेको छ । बैंकको ९ करोड ३० लाख ४१ हजार ८३९ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र नागरिक लगानी कोष रहेका छन् ।
बुधबारको कारोबारमा पाँचथर पावर कम्पनी, रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन भने जलविद्युत लगानी तथा विकास कम्पनी, सृजना फाइनान्स वित्तीय संस्था, , यूनाईटेड फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS