सिटिजन्स बैंकको ८२ औं शाखा बाँकेको कोहलपुरमा « Eglish Khabarhub

सिटिजन्स बैंकको ८२ औं शाखा बाँकेको कोहलपुरमा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२ औं शाखा बाँकेको कोहलपुरबाट संचालनमा ल्याएको छ । बैंकका संचालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले शाखाको उद्घाटन गरेका छन् ।

उक्त शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउँने लक्ष्य रहेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

कार्यक्रममा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ज्ञान ज्योति माध्यमिक विद्यालय, बगिया कोहलपुरलाई ५० हजारको आर्थिक सहयोग प्रदान गरेको छ । निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बताए ।

बैंकले आर्थिक वर्ष २०७५–७६ मा ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेर ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । बैंकले १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको बैंकले जनाएको छ । बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १२ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।
बैंकको ८२ वटा शाखा, ७८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु रहेका छन् ।

Publish on: