पूँजी बजार

मार्जिन कारोबार कार्यान्वयनमा ल्याएपछि सेबोन भन्छ- अब बजार चलायमान हुन्छ



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन सम्पूर्ण पूर्वाधार तयार भएको जनाएको छ ।

बोर्डले बिहीबार गराएको जानकारी अनुसार सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा आवश्यक संशोधन प्रस्तावसहित बोर्डमा स्वीकृतिका लागि पेश गरेको थियो ।

बजारको विद्यमान अवस्थालाई दृष्टिगत गरी मार्जिन कारोवार अविलम्व सञ्चालन गर्न आवश्यक देखिएकोले सिडिएससी बाट प्रस्ताव भए बमोजिम बोर्डबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ को पाँचौ संशोधन (२०७६) लाई स्वीकृति प्रदान गरिएको बोर्डले जनाएको छ ।

मार्जिन कारोबार सुविधा सञ्चालनका लागि मार्जिन कारोबारको राफसाफ सम्बन्धी व्यवस्था गर्न छुट्टै हितग्राही खाता आवश्यक पर्ने भएपनि अहिलेको धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा उक्त हितग्राही खाता संचालन सम्बन्धमा कुनै व्यवस्था नै थिए । अब यो विसनयमावली संशोधन भएसँगै मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याउन सहज हुने भएको हो

यो व्यवस्थाले सिडिएससिले मार्जिन कारोबार राफसाफ प्रयोजनका लािग हितग्राही खाता सम्बन्धीे व्यवस्था गरी धितोपत्र बजार, निक्षेप सदस्य र राफसाफ सदस्यलाई जानकारी गराउनु पर्ने बोर्डले जनाएको छ । उक्त व्यवस्था पश्चात राफसाफ सदस्यले मार्जिन कारोबार राफसाफ प्रयोजनका लागि कुनै निक्षेप सदस्य मार्फत् मार्जिन कारोबार राफसाफ हितग्राही खाता खोल्न सक्ने व्यवस्था गरिएको छ ।

यस संशोधन पश्चात मार्जिन कारोवार सुविधा संचालनमा आई धितोपत्र बजारको दायरा बृद्धि हुने तथा कारोवारमा समेत विस्तार भई धितोपत्र बजार थप चलायमान हुने बोर्डको अपेक्षा रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।