काठमाडौं । सार्वजनिक निर्माण कार्यमा बदमासी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरीद अनुमगन कार्यालयले बिहिबार मात्रै थप ४ वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ ।
सो कार्यालयका अनुसार श्री कृष्ण निर्माण सेवा, अनमोल निर्माण सेवा, विपिन कन्स्ट्रक्सन क्लिन जनशक्ति एण्ड सप्लायर्स प्रालि र श्री गणेश निर्माण सेवालाई कालो सूचीमा राखेको हो ।
तोकिएको जिम्मेवारी पूरा नगरी लापरवाही गरेको र कानून पालना नगरेकाले उनीहरुलाई कालोसूचीमा राखेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवबाट सरुवा भएर गएका मोहनकृष्ण सापकोटाले पदभार ग्हण गरे लगत्तै तोकिएको समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई धमाधम कालोसूचीमा राख्न थालिएको हो ।
उनी गृह मन्त्रालयमा रहँदा नै काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने प्रक्रिया शुरु गरेका थिए । उनको सरुवा भएपछि प्रेमकुमार राई गृह सचिव भएर आए ।
निर्माण व्यवसायमा देखिएको विकृति तथा विसंगति अन्तयका लागि निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन पनि कालोसूचीमा राख्नैपर्ने बाध्यता आइपरेको कार्यालयले जनाएको छ ।
सो कार्यालयले पछिल्लो एक वर्षमा मात्रै ६० भन्दा बढी निर्माण व्यवसायी तथा ठेकेदारलाई कालोसूचीमा राखेर कारवाही गरेको छ । उनीहरुले न्यूतम १ वर्षदेखि अधिकतम ३ वर्षसम्म कुनै पनि सार्वजनिक खरीदमा भाग लिन पाउदैनन् ।
SHARE YOUR THOUGHTS