स्थगित सिम्रिक एयरले उडान अनुमति पायो « Eglish Khabarhub

स्थगित सिम्रिक एयरले उडान अनुमति पायो



काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले स्वीकृत नगरेको पार्टपुर्जा प्रयोग गरी उडान गरेको भन्दै गत भदौ ३ गते उडानमा रोक लगाएपछि स्थगित सिम्रिक एयरले पुनः उडानको स्वीकृत पाएको छ ।

शुक्रबार प्राधिकरणको पत्र पठाउँदै विगतमा नियम अनुसार प्रयोग नभएका पार्टपुर्जाको समस्या समाधान भएपछि मात्रै उडान गर्नका लागि अनुमति दिएको प्राधिकरणका सेफ्टी विभागका प्रमुख राजु श्रेष्ठले क्लिकमाण्डूलाई जानकारी दिए ।

उनले भने, ‘विगत जे जस्तो कारणले उडान स्थगित गरिएको हो, त्यो समस्या समाधान गरेपछि मात्रै उडान गर्नका लागि अनुमति दिइएको हो, उहाँहरुले समस्या समाधान जहिले गर्नुहुन्छ त्यसपछि उडान गर्न पाउनुहुन्छ ।’

यसअघि बीचक्राफ्ट १९०० जहाजमा प्रयोग हुने पार्टपुर्जा मनोमानी प्रयोग गरेको र यसले गर्दा उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

यो निर्णयसँगै काठमाडौंबाट भरतपुर, पोखरा र भैरहवा उडान गरिरहेका एयरलाइन्सका सबै उडान स्थगित भएका थिए ।

Publish on: