२८ मंसिर २०८२, शनिबार

भारतमा एटीएम कार्ड नचलेर समस्या भयो ? ९८५१२१०९१९ मा फोन गर्नुहोस्, २४ घन्टामै पैसा पाउनुहुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तपाईं भारतमा हुनुहुन्छ र तपाईंको साथमा भएको एटीएम कार्ड नचलेर हैरान हुनुहुन्छ ? त्यसो भए चिन्ता नगर्नुहोस् ।

अब तपाईंले भारतमै भुक्तानी पाउनु हुने भएको छ । तर, त्यसका लागि तपाईंले नेपालमा रहेका आफ्ना आफन्तलाई राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलासँग सम्पर्क गर्नुपर्ने हुन्छ ।

निरौलासँग सम्पर्क गर्न राष्ट्र बैंकसम्म पुग्नै पर्दैन । उनको मोवाइल नम्बर ९८५१२१०९१९ मा टेलिफोन गरेर गुनासो गरेको खण्डमा २४ घन्टाभित्र तपाईंले भुक्तानी पाउनुहुने छ ।

‘एटीएम कार्ड नचलेका कारण उपचारका लागि भारत गएकाहरु, विद्यार्थीहरु र भारत भ्रमणमा रहेकाहरुलाई समस्या नपरोस् भनेर हामी लागि परेका छौं,’ राष्ट्र बैंकका प्रवक्ता निरौलाले क्लिकमाण्डूसँग भने, ‘नेपालमा रहेका आफन्तमार्फत मेरो मोवाइल नम्बरमा फोन गरेर जानकारी गराएको खण्डमा हामी २४ घन्टाभित्र भुक्तानी पाउने व्यवस्था मिलाउँछौं ।’

गत भदौ १४ गते चिनियाँ ह्याकरहरुले विभिन्न नेपाली बैंकको एटीएम ह्याक गरी भिसा कार्डमार्फत नेपाल र भारतबाछ साढे ३ करोड रुपैयाँ चोरी गरेका थिए । त्यसपछि नेपाली एटीएम तथा भिसा कार्डले भारतबाट पैसा झिक्न समस्या परिरहेको छ । यही समस्यालाई समाधान गर्न राष्ट्र बैंक गंभीर बनेको हो ।