१ पुस २०८२, मंगलबार

दशैंतिहारमा भिभो मोवाइल किन्नेलाई उपहारको वर्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालीहरुको महान चाड दशैंतिहारको अवसरमा भिभो मोवाइल किन्नहरुलाई उपहारै उपहार प्रदान गरिने भएको छ । नेपालका लागि भिभो मोवाइलको आधिकरिक बिक्रेता एपेक्स मनकामना प्रालिले ग्राहक तथा विक्रेताहरुलाई उपहारको घोषणा गरेको हो ।

कम्पनीले काठमाडौंमा वितरक भेला सम्पन्न गरेको छ । भेलामा १३ वितरकलाई दशैंतिहार लक्षित योजनाको जानकारी गराइएको छ ।

चाडपर्वको अवसरमा भिभो मोवाइल किन्ने १० जना भाग्यशाली ग्राहकलाई इन्डोनेसियाको बाली भ्रमण, १५ जनालाई स्मार्ट टीभी, ४२ जनालाई स्मार्ट फोन, १६० जनालाई भिभो ब्याक तथा उक्त अवधिभर भिभो मोवाइल किन्ने सबै ग्राहकलाई स्क्रिन र रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराउने एपेक्स मनाकामनाका ब्यापार प्रमुख सुशील न्यौपानेले जानकारी दिए ।

त्यसैगरी, भोभोका वितरक तथा मोवाइल बिक्रेतालाई पनि विभिन्न ट्राभल प्याकेज उपलब्ध गराउने जानकारी दिएको छ । सो योजनामा ३४ जना वितरक तथा भिभो मोवाइल बिक्रेतालाई भिभोको नयाँ मूख्य कार्यालय भ्रमण गराउने लक्ष्य लिएको छ । मोवाइल आयात तथ्यांकअनुसार भिभो मोवाइल तेस्रो ठूलो मोवाइलका रुपमा रहेको छ ।