निक्षेप सदस्यले अनधिकृतरुपमा डिम्याट खाता खोलेपछि सेबोनलाई चिन्ता, निरीक्षण गर्न निर्देशन « Eglish Khabarhub

निक्षेप सदस्यले अनधिकृतरुपमा डिम्याट खाता खोलेपछि सेबोनलाई चिन्ता, निरीक्षण गर्न निर्देशन



काठमाडौं । निक्षेप सदस्यहरुले अनधिकृतमा डिम्याट खाता खोलेको भन्दै धितोतोपत्र बोर्डले सिडिएसीलाई त्यसको निरीक्षण गरी १५ दिनमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

निक्षेप सदस्यले सम्बन्धित व्यक्ति स्वयं उपस्थित नहुँदा समेत डिम्याट खाता खोल्ने गरेको, एक व्यत्तिल उपस्थित भई अनधिकृत रुपमा अन्य धेरै व्यक्तिको नाममा समेत खाता खोल्ने गरेको भन्दै त्यसको निरीक्षण गर्न निर्देशन दिएको हो ।

निक्षेप सदस्यले त्यस्ता खाताको नविकरण गर्ने गरेको लगायतका गुनासा बोर्डमा आएको भन्दै त्यस्तो गरेको पाइएमा कडा कारबाही गनेए समेत जनाएको छ ।

Publish on: