प्रभु बैंकले सुरु गर्यो बर्दिबास र जलेश्वरका मालपोत कार्यालयमा एक्सटेन्स काउन्टर « Eglish Khabarhub

प्रभु बैंकले सुरु गर्यो बर्दिबास र जलेश्वरका मालपोत कार्यालयमा एक्सटेन्स काउन्टर




महोत्तरी । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा महोत्तरी जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

गत भदौ २७ गते बर्दिबासस्थित मालपोत कार्यालय परिसर र जलेश्वरको मालपोत कार्यालय सुरु गरिएको बैंकले जानकारी दिएको छ ।

बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बराल र जलेश्वरस्थित मालपोत कार्यालय जलेश्वर मालपोत कार्यालय प्रमुख भूपबहादुर बोगटी र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख श्री युवराज राईले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

महोत्तरी जिल्लास्थित बर्दिबास मालपोत कार्यालयमा र जलेश्वर मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजस्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिहेको प्रभु बैंकले मालपोत कार्यालयमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको बैंकले जनाएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजस्व जम्मा गर्न सहज हुनुका साथै दुवै मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गरेको छ ।

प्रभु बैंकका दुवै एक्स्टेन्सन काउण्टरहरुबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने तथा दुबै मालपोत कार्यालयको राजस्व संकलन प्रक्रियामा सहजता अआउने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले हाल १९५ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरमार्पmत् अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

Publish on: