२ पुस २०८२, बुधबार

कार्यालयमा घरको कुरा गरेर नबस्नुहोस्ः अर्थमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सचयकोषलाई सरकारको सामाजिक सुरक्षा अभियानको अभिन्न अंगको रुपमा ब्याख्या गरेका छन् । उनले यो संस्थालाई सामाजिक सुरक्षा संस्थाको रुपमा अघि बढाउन आग्रह गरे ।

कर्मचारी सञ्चय कोषको ५८औं बार्षिकोत्सव समारोहमा मन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा उनले सबै नेपाली कुनै न कुनै रुपमा सामाजिक सुरक्षामा आउनु पर्ने तर्क गरे । कुनै न कुनै रुपमा हरेक नेपाली सामाजिक सुरक्षामा सहभागी हुने बताए ।

उनले भने ‘सरकारले सुनौला हजार दिन भनेर मान्छेको भ्रुण अवस्थादेखि जन्मेको ३ वर्षसम्मको अवस्थामा राज्यले के गर्नुपर्छ, बालबालिकालाई विद्यालयमा भर्ना हुने, त्यहाँ खाजाको व्यवस्थादेखि उनीहरुले गर्ने अध्ययनलाई निःशुल्कसम्म गर्ने काम सरकारले गरेको छ ।’

मन्त्री खतिवडाले वैदेशिक रोजगारीमा जानेलाई पनि योगदानमा सामाजिक सुरक्षामा जोड्ने, नीति क्षेत्रमा काम गर्नेलाई कुनै न कुनै रुपमा जोडने बताए । श्रम गर्ने र श्रम गर्ने अवधि सकिएपछि संचय कोषदेखि निवृतिभरणसम्म रहेको समेत उल्लेख गरे । त्यो बीचमा काम नपाउनेलाई पनि बेरोजार भत्ता पाउने व्यवस्था पनि गरेको उल्लेख गरे ।

जन्मदेखि मृत्युसम्मको सामाजिक सुरक्षामा राज्य लागि परेको मन्त्री खतिवडाको भनाई छ । कोषको उमेर ५८ वर्ष भएको र यो उमेर धेरै वर्ष नभएको पनि तर्क गरे । मन्त्री खतिवडाले भने ‘५८ वर्षको मान्छेमा धेरै काम गर्न सक्ने उर्जा रहन्छ । द्रब्य कोष जोडेर ८४/८५ करोड छ भनेर ८४/८५ वर्ष त पाउनुहुन्न, तपाईहरु युवा नै हुनहुुन्छ, अझै राम्रो काम गर्न बाँकी नै छ ।’

कोषयमा कानूनी झन्झट रहेको भन्दै त्यस्ता कानूनी बाधा फुकाउने ठाँउ बार्षिकोत्सव नभएको भन्दै मन्त्री खतिवडाले भने ‘घरको कुरा कार्यालयमा, कार्यालयका कुरा प्रशासककोमा, प्रशासकको कुरा बोर्डमा, बोर्डको कुरा मन्त्रालयमा, बाँकी सबै कुरा यस्ता ठाँउमा ल्याउने हैन, जहाँको कुरा हो त्यो त्यहाँ नै गर्ने हो ।’

जायज कुरा सुन्न आफ्नो कान सदैव खुल्ला रहने बताए ।