२ पुस २०८२, बुधबार

बीमा कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा रोक्न आचारसंहिताः अब के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा कम्पनीहरुबीच हुने अस्र्वथ प्रतिस्पर्धा रोक्न आचारसंहिता बनाइएको छ । बीमा समितिको निर्देशनम बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले तयार पारेको आचारसंहिता यही असोज ३ गतेदेखि लागू हुनेछ ।

आचारसंहिता अनुसार कर्मचारी नियुक्तको सन्दर्भमा कुनैपनि कम्पनीमा कार्यरत कर्मचारीलाई अर्को कम्पनीमा नियुक्त, गर्नु पर्दा पुरानो कम्पनीमा स्वीकृत भएको राजीनामापत्र लिइमात्र नियुक्त गर्न मिल्ने तथा अधिकृत वा सोभन्दा माथिल्लो तहको कर्मचारी नियुक्त गर्नुपर्दा पहिले कार्यरत कम्पनीबाट राजिनामा लिएको अनिवार्य १ महिना पुरा भएको. हुनुपर्नेछ ।

त्यस्तै, श्रम आचारसंहिताको बर्खिलाप हुनेगरि कसैले कुनै पनि कार्य गरे वा गराएमा जो कसैले पनि उक्त व्यक्ति विरुद्ध बीमक संघमा उजुरी दिन सक्ने छन् । जसमा बीमकसंघको कार्य समितिले अनुसन्धान गर बीमक आचार संहिता उल्लघंन गरे बापतको सजाय हुनेछ ।

अब कुनैपनि बीमकसँग जबरजस्ती झुट्टो दाबी लिने प्रयास गरेका बीमित वा तीनका प्रतिनिधि तथा त्यस्तो कार्यमा संलग्न बीमित कर्मचारी, एजेन्ट सर्भेयर आदीको बीमक संघका अभिलेख राख्ने र त्यस्ता बीमितलाई बीमालेख बिक्री नगर्ने र त्यस्ता कर्मचारी, एजेन्ट र सर्भेयरसँग कारोबार नगर्ने व्यवस्था गरिने छ ।

कुनैपनि बीमकलाई नियतपुर्ण तरिकाले बीमा गर्न, दाबी भुक्तानी लिने, झुटो विवरण पेश गरी बीमा गर्ने वा दाबी भुक्तानी माग्ने र एउटै घटनामा पटक पटक दाबी भुक्तानी माग गर्ने अथवा एउटै घटनाको दाबी धेरै बीमकसंघमा गरेकोमा बीमक वा त्यसका पदाधिकारी र कर्मचारी उपर आवश्यक कारवाही तथा भविश्यमा कुनैपनि बीमकमा बीमा बीमा गर्न पाउने छैनन् ।

त्यसैगरी, वास्तविकता लुकाई प्रतिवेदन तयार, बिमितलाई अनावश्यक दुख दिने, लोभलालचमा वास्तविकता लुुकाउने, कुनै पनि कारणबिना नै प्रतिवेदन पेश गर्न ढिलाई गर्ने सर्भेयरलाई आवश्यकता अनुसारको कारवाही तथा भविष्यमा कुनैपनि सर्भे गर्न नपाउने गरिनेछ ।

बीमकसंघले लागु गरेको आचार संहिता अनुसार काम नगरेमा कार्यसमितीले समितीको सदस्यता निलम्बन तथा संघको सदस्यता बर्खात समेत गर्ने र आवश्यकता अनुसार बीमा समितीमा कारवाहीको लागि सिफारीस समेत गर्नेछ ।

ब्यापारका क्रममा कुनै पनि बीमा कम्पनीका कर्मचारी तथा प्रतिनिधिले अर्को बीमकका विरुद्ध बोल्न र लेख्न पाउने छैनन् भने अर्को कम्पनीले लिन लागेको व्यवसाय खोस्न पनि पाउने छैनन् ।

त्यस्तै, एउटा बीमा कम्पनीमा परेको दावीका सम्बन्धमा बीमितलाई अर्को कम्पनीका प्रमुख कार्यकारी अधिकृत वा अन्य कर्मचारीले राय दिन नपाउने व्यवस्था गरिएको छ । बीमकले बीमित वा सम्बन्धि व्यक्तिलाई कुनै प्रकारको जिन्सी, नगद, उपहार वा छुट लिन दिन पाउने छैनन् ।

सबै बीमा कम्पनीहरुले बीमा समितिले तोकेको बीमा दर पूर्णरुपमा परिपालना गर्ने तथा दर घटाएर एउटा पनि बीमा लेख बिक्री नगर्ने आचार संहितामा उल्लेख छ ।