काठमाडौं । सेयर बजारमा अघिल्ला दिनहरुमा देखिएको दोहोरो अंकको सुधार साताको अन्तिम दिन बिहीबारसम्म पनि टिक्न सकेछ ।
केही दिन अघि मात्रै अर्थमन्त्री डा. युवराज खतिवडाले बजारको विषयमा दिएको सकारात्मक अभिव्यक्तिको कारण बजारमा सुधार देखिएको तर्क रहेको थियो । तर त्यो बिहीबार भने देखिएन ।
मन्त्रीको भनाईले बजार बढेको चर्चा रहेको समयमा बिहीबार भने केही लगानीकर्ताहरुले नेप्सेमा पुगेर मन्त्री खतिवडाको विरोध गर्दै मन्त्री डा. खतिवडा सहभागी भएको हरेक सार्वजनिक कार्यक्रममा गएर पुँजी बजार सुधार र विस्तारका बारेमा के–के काम भयो भनेर प्रश्न सोध्ने भन्दै भाषण गरेका थिए ।
उनीहरुले यसअघि पुँजी बजार तथा मुद्रा बजार सुधारका लागि भन्दै ५८ बुँदा तयार भएको थियो । ति विषय कति पुरा भएर कति बाँकी छन भन्ने विषयमा पनि जानकारी मन्त्रीसँग लिने भनेका थिए । यो सँगै कारोबारमा पनि गिरावट आएको छ ।
बिहीबार नेप्से मापन गर्ने इन्डेक्स १८.१२ अंकले घटेर नेप्से सूचक ११५५.३० बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने इन्डेक्स ३.४९ अंकले घटेर २५२.२१ बिन्दुमा रोकिएको छ ।
१६६ कम्पनी १२ लाख २४ हजार ५७२ कित्ता सेयर ३९ करोड ९९ लाख ३० हजार ८७१ रुपैयाँको सेयर कारोबार भएको छ ।
१२ समूहको कारोबारमा ट्रेडिङ समूहको उपसूचक २.३७ र म्यूचुअल फण्ड ससमूहको उपसूचक ०.०२ अंकले बढेको छ भने बाँकी समूहको उपसू्रचकमा गिरावट आएको छ । बैंकिङ समूहको १४.७९, निर्जीबन बीमा कम्पनी १०५.३२, उत्पादन तथा प्रशोधन ४४.१२, जीवन बीमा समूहको उपसूचकमा १०५.६ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा शिवम सिमेन्टले अग्रता लिएको छ । सिमेन्टको ५ करोड २४ लाख ६२ हजार ५७१ रुपैयाँको सेयर कारोबार भएको छ । यस्तो दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र सिद्धार्थ बैंक रहेका छन् ।
कारोबारमा समता माइक्रोफाइना वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने गुँरास लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्सका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS