८५ वर्ष पुगेकालाई श्री एयरलाइन्सले ५०० रुपैयाँमै उडाउने, ७० वर्ष पुगेकालाई ५०% छुट « Eglish Khabarhub

८५ वर्ष पुगेकालाई श्री एयरलाइन्सले ५०० रुपैयाँमै उडाउने, ७० वर्ष पुगेकालाई ५०% छुट



काठमाडौं । श्री एयरलाइन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ज्येष्ठ नागरिकलाई छुट योजना ल्याएको छ ।

श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले विज्ञप्ती जारी गर्दै ८५ वर्ष पुगेकालाई ५०० रुपैयाँमा मात्रै हवाई यात्रा गराउने र ७० वर्ष पुगेकालाई ५० प्रतिशत छुटमा यात्रा गराउने उल्लेख गरेका छन् ।

यसका लागि यात्रा गर्दा उमेर खुल्ने आधिकारिक परिचयपत्र हुनुपर्ने उल्लेख छ । साथै, टिकट लिँदा एयरलाइन्सको बिक्री काउन्टर वा श्री एयरलाइन्सको एप वा वेवसाइटमा मात्रै उपलब्ध हुने उल्लेख छ भने उक्त अफर एयरलाइन्सले समय समयमा जारी गरेको विशेष भाडामा छुट लागू नहुने र उक्त सुविधा एउटा उडानमा २ जनालाई मात्रै प्रदान गरिने उल्लेख गरिएको छ ।

यसअघि पर्यटनमन्त्री योगेश भट्टराईले हवाई यात्रामा ७० वर्ष उमेर पुगेकालाई ५० प्रतिशत छुट दिन प्रस्ताव पेश गरेका थिए । जसमा नेपाल एयरलाइन्सले उक्त प्रावधान लागू गरिसकेको छ भने निजी एयरलाइन्स कम्पनीहरुले अस्वीकार गर्दै आएका थिए ।

Publish on: