काठमाडौं । सेयर बजारले अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि टेर्न छोडेको छ ।
अघिल्लो साता मन्त्री डा. खतिवडाले सेयर बजारमा यो लगानी गर्ने समय भएकोले लगानी गर्न आग्रह गरेको २ दिन बढेको बजारमा त्यसपछिका दिनमा भने गिरावट आउने क्रम जारी रहेको छ । सोमबार पनि बजारमा ६.४२ अंकले घटेर नेप्से परिसूचक ११३४.५६ बिन्दुमा कायम भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४० अंकले घटेर २४८.४१ बिन्दुमा रोकिएको छ । १७१ कम्पनीको ८ लाख ७३ हजार ७९ कित्ता सेयर २१ करोड ८२ लाख ७८ हजार ४४९ रुपैयाँमा किनबेच भएको छ ।
१२ वटा समूहको कारोबारमा बैंकिङ ४.१७, निर्जीबन बीमा समूह ३२.५२, उत्पादन तथा प्रशोधन १७.८८, जीवन बीमा समूहको उपसूचक ६४.८६ अंकले घटेको छ । कारोबार रकमको आधारमा सानिमा बैंक अग्रस्थाना रहेको छ । बैंकको ३ करोड १६ लाख ९४ हजार ३१४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सिद्धार्थ बैंकको संस्थापक समूह र शिवम् सिमेन्ट रहेको छ ।
SHARE YOUR THOUGHTS