नयाँ हवाई नीतिको मस्याैदा तर्जुमा गर्न कार्यदल गठन, जानकारलाई सुझाव दिन आग्रह « Eglish Khabarhub

नयाँ हवाई नीतिको मस्याैदा तर्जुमा गर्न कार्यदल गठन, जानकारलाई सुझाव दिन आग्रह



काठमाडौं । सरकारले नयाँ हवाई नीति बनाउने भएको छ । नयाँ हवाई नीति तर्जुमा गर्नका लागि हवाई नीतिको मस्यौदा तयार पार्नका लागि आइतबार कार्यदल समेत गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार पूर्व सचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको हो । समितिलाई हवाई नीति सम्बन्धि मस्यौदा ६० दिनको समय दिइएको छ ।

मन्त्रिपरिषद्को असोज २९ गतेको बैठकले नयाँ हवाई नीतिको मस्यौदा तर्जुमा गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको थियो ।

समितिमा नागरिक उड्ययन प्राधिकरण(क्यान) का पूर्व महानिर्देशक रतिश चन्द्रलाल सुमन, राजु वायु सेवा निगमका पूर्व उप महाप्रबन्धक राजु केसी, क्यानका उप महानिर्देशक देवानन्द उपाध्याय, वायु सेवा सञ्चालक संघ नेपालका सुमन पाण्डे, बरिष्ठ पाइलट क्याप्टेन दधिराम निरौला र सह–सचिव हवाई उद्योग व्यवस्थापन महाशाखाका सुरेश आचार्य छन् ।

मन्त्रालयले समितिलाई नीतिको मस्यौदा पेश गर्नका लागि २ वटा कार्यशाला गोष्ठीको समेत आयोजना गर्न अधिकार दिएको छ । त्यस्तै, हवाई क्षेत्रसँग आबद्ध एवम जानकार व्यक्ति वा संस्थालाई समेत पत्र, फ्क्यास, इमेलमार्फत सुझाव दिने अनुरोध समेत गरेको छ ।

Publish on: