सामूदायिक लघुवित्तले संशोधन गर्यो लाभांश, अब कति ? « Eglish Khabarhub

सामूदायिक लघुवित्तले संशोधन गर्यो लाभांश, अब कति ?




काठमाडौं । सामूदायिक लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई दिने लाभांशमा संशोधन गरेको छ ।

संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नै लाभांश संशोधन गररेको जनाएको छ ।

यसअघि संस्थाले ३६.२६ प्रतिशत लाभांश दिने भने पनि अब भने ३२ प्रतिशत बोनस सेयर र कर तिर्न १.६८ प्रतिशत नगदसहित ३३.६८ प्रतिशत लाभांश दिने भएको छ ।

संस्थाले यसअघि भने ३४.४५ प्रतिशत बोनस र कर तिर्न १.८१ प्रतिशत नगद लाभांश दिने जनाएको थियो ।

संस्थाले नेप्सेलाई गराएको जानकारीअनुसार बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ ।

संशोधन गरेको बोनस र हकप्रद राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन् ।

Publish on: