तिहारपछिको सेयर बजार राताम्मे, कारोबार रकममा बैंकिङ समूह हावी « Eglish Khabarhub

तिहारपछिको सेयर बजार राताम्मे, कारोबार रकममा बैंकिङ समूह हावी



काठमाडौं । तिहारपछि बजार खुलेको पहिलो दिनमै सेयर बजारमा गिरावट आएको छ ।

बजारमा मापन गर्ने सूचक ३.१७ अंकले घटेर ११४६.१७ बिन्दुमा रोकिएको छ ।

१५५ कम्पनीको १० लाख ६० हजार १९६ कित्ता सेयर २५ करोड ४३ लाख १२ हजार ४६२ ?पैयाँमा किनबेच भएको छ ।

११ वटा समूहको कारोबारमा होटल, विकास बैंक, उत्पादन तथा प्रशोधन र अन्य समूहको उपसुचकमा सामान्य सुधार आए पनि बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।
बैंकिङ ३.४९, जलविद्युत ८.५५, निर्जीवन बीमा समूह ३९.९८, जीवन बीमा समूहको उपसूचक २८.४६ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंकको संस्थापक समूह अग्रस्थानमा छ । बैंकको ६ करोड, ३ लाख ?पैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी मेगा, प्रभु, एनआईसी एसिया, सिद्धार्थ, एनसीसी, सानिमा, सिटिजन्स, नेपाल बैंक, संस्थापक बैंक छन् ।

बिहीबारको कारोबार गर्ने मूख्य १० कम्पनीमा बैंकिङ समूह हावी भएका छन् ।

ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था, आँखु खोला जलविद्युत कम्पनी, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउँदा नविल इक्विटी फन्ड, हिमालयन पावर पार्टनर, पञ्चकन्या माई हाइड्रो पावर, अ?ण भ्याली हाइड्रो पावर डेभ्लोप्मेन्ट कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

Publish on: