समस्याग्रस्त ९ सहकारीका सञ्चालक र कर्मचारीलाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम « Eglish Khabarhub

समस्याग्रस्त ९ सहकारीका सञ्चालक र कर्मचारीलाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम



काठमाडौं । सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त ९ सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीलाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको छ ।

समितिले स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एन्ड इन्भेष्टमेन्ट कोअपरेभिट लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिभिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र स्टयान्डर्ड मल्टिप्रपोज कोअपरेटिभ लिमिटेडका सञ्चालक तथा कर्मचारीलाई १५ दिनभित्र समितिमा सम्पर्क राख्न आउन अल्टिमेटम दिएको छ ।

सरकारले गत असार ८ गतेको निर्णय अनुसार समस्याग्रस्त सहकारीका तत्कालिन सञ्चालक तथा कर्मचारीलाई आवश्यक कारबाहीका लागि निर्णय गरेको थियो ।

तर ती संस्थाका कर्मचारीले संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व निर्वाह गर्ने समितिको कानूनी काम कारबाहीमा बाधा अबरोध गरेको पाइएको छ ।समितिले आज प्रकाशित गरेको सूचना अनुसार १५ दिनभित्र सम्बन्धित संस्थाका तत्कालिन सञ्चालक तथा कर्मचारी सम्पर्कमा नआए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

उनीहरुलाई आ–आफ्नो दायित्व फरफारक गर्न समेत सूचनामा उल्लेख छ ।

समितिले विगत १ वर्षदेखि सुधिर बस्नेतसँग सम्बन्धित सहकारी तथा हाउजिङको समस्या समाधान गर्न पटक–पटक प्रयास गरे पनि अदालतले समितिको क्षेत्राधिकार नभएको भन्दै रोकेपछि समिति करिब निष्क्रिय जस्तै रहेको छ ।

Publish on: