मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनएमबी बैंकका सेयरधनीलाई बम्पर उपहार, ३५ प्रतिशत लाभांश दिने घोषणा


काठमाडौं । एनएमबी बैंकले सेयर लगानीकर्ताहरुलाई ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/०७६ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।