मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्यात प्रर्वद्धनका लागि अर्थमन्त्रीले पहल लिने


नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाइ कायम राख्दै निर्यात प्रवद्र्धन गर्न थप सुधारका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

अर्थ मन्त्रालयमा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई भेटेर नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले निर्यात प्रर्वद्धन र उद्योग व्यवसाय तथा समग्र अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि छलफल गरेको हो ।

छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापनमा भइरहका सुधारको स्वागत गर्दै निर्यातका लागि थप प्रोत्साहन आवश्यक भएको बताए । अध्यक्ष मोरले उत्पादन मूल्य कम गरि उद्योगहरुलाई थप प्रतिस्पर्धी बनाउन, आवश्यक नीतिगत सुधारका लागि पहल लिन समेत अर्थमन्त्री खतिवडासँग आग्रह गरे ।

छलफलमा अर्थमन्त्री खतिवडाले निर्यात प्रर्वद्धन तथा व्यापार घाटा कम गर्ने विषयमा आफ्नो प्राथमिकता रहेको भन्दै नीतिगत सुधारका लागि अन्तरमन्त्रालय समन्वयको काम भइरहको जानकारी गराए ।

व्यवसाय मैत्री वातावरण बनाउने कुरामा आफ्नो ध्यान गएको भन्दै परिसंघले अघि सारेका विषयलाई प्राथमिकतामा राखी यथासक्य सम्बोधन गर्ने पनि अर्थमन्त्रीले विश्वास दिलाए ।

अर्थमन्त्रीसँगको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोर सहित निर्वतमान अध्यक्ष हरिभक्त शर्मा र अन्य बरिष्ठ उद्योगपति व्यवसायीहरुको उपस्थिती थियो ।