काठमाडौं । नेपाल वायु सेवा निगमले आफूसँग भएको बोइङ बिक्रीका लागि तेस्रो पटक सूचना निकालेको छ । निगमले वोइङ ७५७–२०० एयरक्राफ्ट विमान बोलकबोलमा बिक्री गर्न तेस्रो पटक सूचना निकालेको हो ।
निगमले पहिलो पटकको सूचनामा उल्लेख भएको रकमभन्दा ४४ प्रतिशत आधार मूल्य राखेको सूचना निकालेको हो । विमान सन् २०२० को फेब्रुअरीसम्म मात्रै उड्न सक्ने लाइफ भएकाले छिटो बिक्री गर्नुपर्ने दबाबमा निगमले नेगोसिएसनमा बिक्री गर्ने भएको हो ।
कम्पनीले विमान बिक्रीका लागि सुरुको मूल्यांकनमा ७६ लाख ७६ हजार अमेरिकी डलर अर्थात ८७ करोड ५० लाख रुपैयाँलाई आधारमूल्य तोकेको थियो ।
यसअघि प्रस्तावित मूल्यभन्दा निकै तलको मूल्यमा प्रस्ताव आएपछि निगमले तेस्रो पटक ४४ प्रतिशत छुटसहित कात्तिक २६ गते सूचना निकालेको हो ।
निगमले वोइङ –७५७ एसिवि कर्णाली (कलसाईन) विमानको मूल्याङकन गर्नका लागि स्वीस कम्पनी फिन्टेक ग्लोवललाई छनोट गरेको थियो ।
विमान मर्मत् सम्भार गर्नका लागि धेरै रकम खर्च गरेको तथा विमान पुरानो हुँदै गएकाले सञ्चालन, इन्धन खर्च बढी भएपछि निगमले कर्णाली विमान बेच्ने निर्णय गरेको थियो ।
निगमले सन् १९८० मा तत्कालिन समयमा अमेरिकन वोइङ कम्पनीसँग ऋणमा विमान खरिद गरेको थियो ।
निगमले जारी सूचनामा १६ दिनको समयसीमा तोकेको छ । जसमा निगमले इच्छुक कम्पनीले ५ हजार अमेरिकी डलर तथा सो बराबरको नेपाली रुपैयाँ बैंकमा जम्मा गर्न भनेको छ ।
पिन्टेक कम्पनीले विमानको पार्टपुर्जा र त्यसका यन्त्र उपकरण समेतको मूल्यांकन गरी आधार मूल्य कायम गरेको थियो । १९० सिट क्षमता रहेको विमानमा १६ वटा विजनेस क्लासका सिट छन् ।
विमानमा २ वटा रोल्सरोयस इन्जिन छन् । विमानले हालसम्म ८९ हजार घण्टा उडान गरिसकेको छ ।
SHARE YOUR THOUGHTS