चन्द्रागिरिमा प्रधानमन्त्री ओलीको एक दिनः के के गरे के के भने ?

चन्द्रागिरि । आइतबार चन्द्रागिरिको माहोल कवितामय बन्यो । बिहान ८ बजेदेखि नै देशभरका कवि, साहित्यकार तथा पत्रकारहरुको चन्द्रागिरिमा भरिभराउ थियो । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको “हिमवत खण्ड कला साहित्य सम्मिलन”मा भाग लिन त्यहाँ पुगेका स्वदेशी तथा विदेशी साहित्यकारहरु चन्द्रागिरिबाट आफ्ना रचना सुनाउन आतुर थिए । नेपाल सहित अन्य १३ देशका कवि उपस्थित…