काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै बैंकहरूलाई अग्राधिकार सेयर जारी गर्ने बाटो खोलेको छ । केन्द्रीय बैंकले १२ सर्त राखेर अतिरिक्त पुँजी जुटाउने बाटो खोलेको हो । केन्द्रीय बैंकले एक परिपत्रमार्फत् एकीकृत निर्देशनमाथि संशोधन गर्दै यस्तो व्यवस्था गरेको छ । बैंक वित्तीय संस्थाले अविमोच्य असञ्चित प्रकृतिको अग्राधिकार सेयर जारी गर्न पाउनेछन् ।…