बिचौलियाको चलखेलका कारण डा. महत र मैले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न सकेनौंः वर्षमान पुन

काठमाडौं । निवर्तमान अर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देश नेताहरुले नभई बिचौलियाहरुले चलाउने खतरा बढेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताए । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ…