हिमालयन रिले जिआइसीको पुनर्बिमा गर्ने, ३० भन्दा बढी देशमा व्यवसाय विस्तार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले निरन्तररुपमा एकपछि अर्को उपलब्धि हासिल गरेको जनाएको छ । भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमै विश्वप्रसिद्ध पुनर्बीमा कम्पनी जिआइसी रिको पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको छ । स्थापनाको चौथो वर्षमा संचालनमा रहेको निजी श्रेत्रबाट प्रवर्धित कम्पनीप्रति जिआइसी रि जस्तो विश्व विख्यात कम्पनीले…