काठमाडौं । काठमाडौं महानगरपालिकाले कालिमाटीमा रहेको सुमेरु बचत तथा ऋण सहकारी संस्था र स्क्वायर बचत तथा ऋण सहकारीको फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा पठाएको छ । दुवै सहकारीको कारोबार शंकास्पद देखिएको भन्दै महानगरको सहकारी विभागले थप अनुसन्धानका लागि ब्यूरोमा पठाएको जनाएको छ । सुमेरु बचत तथा ऋण सहकारी भरत महर्जनको संस्था हो ।…