११ महिनामा १९ अर्ब ७५ करोडको विदेशी लगानी भित्रियो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ११ महिनामा १९ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ विदेशी लगानीबापत नेपालमा बैंकिङ प्रणाली मार्फत भित्रिएको बताएका छन् । राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवका अवसरमा उनले यस्तो बताएका हुन् । राष्ट्र बैंकलाई पूर्वजानकारी गराएर विदेशी लगानीबापतको विदेशी मुद्रा भित्र्याउने व्यवस्था अन्तर्गत २०८० वैशाखदेखि फागुन मसान्तसम्म १९१ वटा लिखित…