सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३३.८९ प्रतिशतले बढ्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चैत मसान्तको वित्तीय अवस्था सार्वजनिक गरेको छ । नौ महिनाको अवधिमा कम्पनीको नाफा ३३.८९ प्रतिशतले बढेर २९ करोड ५४ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा २२ करोड ६ लाख ५२ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खुद बिमा शुल्क आर्जन ३८.६८ प्रतिशतले…