काठमाडौं । नेपाल राष्ट्र बैंकले चलनचल्तीमा रहेको मुद्रा (करेन्सी इन सर्कुलेसन) बढाएको छ । फागुन ३० गतेसम्मको तथ्यअनुसार बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ नगद उपलब्ध छ । मनि सप्लाइ (मुद्राप्रदाय) वृृद्धिको वार्षिक लक्ष्य भेट्टाउने केन्द्रीय बैंकले चलनचल्तीमा रहेको कागजी नोट तथा सिक्का बढाएको हो । माघ मसान्तको तुलनामा केन्द्रीय बैंकले…