वित्तीय अपराधमा चिनियाँको संलग्नता बढ्दोः सुन तस्करीदेखि अवैध मुद्राको कारोबारसम्म

काठमाडौं । नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्दै जाँदा वित्तीय अपराधको क्षेत्रमा पनि चिनियाँहरुको संलग्नता बढ्दै गएको छ । २०७२ सालमा भूकम्पपछि भारतले लगाएको अघोषित नाकाबन्दीपछि उत्तरतर्फ ढल्किएको नेपालमा पछिल्लो वर्षहरुमा राजनीति, वैदेशिक लगानी तथा व्यापारमा चिनियाँ प्रभाव बढिरहँदा अपराधमा पनि चिनियाँ नागरिकहरुको संलग्नता बढेको हो। गत आव २०७९/०८० मा विभिन्न अपराधमा १३१ जना विदेशी नागरिकहरु…