हेम्जा आलु महोत्सव हुने « Eglish Khabarhub

हेम्जा आलु महोत्सव हुने


१७ फाल्गुन २०७३, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

पोखरा । पोखरा उपमहानगरपालिका– २७ हेम्जामा आठौँ हेम्जा आलु महोत्सव हुने भएको छ ।

‘सुन्दर ठाउँ हेम्जा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ नाराका साथ विष्णुपादुका क्लबको आयोजना यही फागुन २३ गतेदेखि सो महोत्सव हुन लागेको हो । विष्णु पादुका खेलमैनामा हुने उक्त महोत्सव अगामी चैत १ गतेसम्म चल्ने छ ।

महोत्सवमा आलु प्रदर्शन, आलुका विभिन्न परिकार, बाल उद्यान, विविध सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा साङ्गितिक समूहको प्रस्तुति, विभिन्न कृषि बीउ बिजनको समेत प्रदर्शनी गरिने क्लबका अध्यक्ष रमेश कार्कीले जानकारी दिए।

महोत्सवमा १०४ वटा कक्ष राखिने छ । हेम्जामा गत वर्ष ९ हजार ५ सय ७५ मेट्रिक टन आलु उत्पादन भएको थियो । यस वर्ष पनि त्यसैको हाराहारीमा उत्पादन हुने अनुमान गरिएको नमुना कृषि सेवा केन्द्र हेम्जाका प्राविधिक सहायक गुरुप्रसाद अर्यालले बताए।

हेम्जाको करिब ६ सय ५० हेक्टर जग्गामा आलुखेती गरिन्छ । यहाँका ६०० भन्दा बढी कृषकले व्यावसायिक रुपमा आलुखेती गर्दैआएका छन् । आलुखेतीका लागि कृषकले करिब तीन करोड रुपैयाँको कुखुराको मल चितवनवाट ल्याउने गरेका छन् । गत वर्ष किसानले १३ करोड रुपैयाँको आलु बिक्री गरेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७३, मंगलबार ००:००  ५ : १० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping