२९ मंसिर २०८२, आइतबार

बजेटलाई नेप्सेको रेड सिग्नल, पुँजी बजारमा अब के हुन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बजेट घोषणा भएको भोलिपल्ट नेप्सेमा भारी गिरावट आएको छ । मंगलबार नेप्से २१.१५ अंकले घटेर १५९४.४३ मा आइपुगेको छ । यस्तै, १४७ कम्पनीको १२ लाख ९७ हजार कित्ता सेयर कारोबार हुँदा कुल कारोबार रकम ७६ करोड ६३ लाख रुपैंयाँ पुगेको छ ।

उप-सूचकहरुमा वित्त १.५८ र उत्पादन ५.१७ अंकले बढेका छन् भने बैंकिङ १९.३७, होटल ११.०७, बिकास बैंक १६.२२, जलबिद्युत १०.४४, बीमा १२०.५ र अन्य २६.९ अंकले घटेका छन् ।

मंगलबार हिमालयन जलरल इन्स्योरेन्स, स्ट्यान्र्डड चार्टड बैंक र प्रभु बैंकको सबैभन्दा बढि ५ करोड ६८ लाख, ४ करोड ८४ लाख र ३ करोड ५१ लाख रुपैंयाँको कारोबार भएको छ ।

मंगलबार कर्णाली बिकास बैंकका लगानीकर्ताले सबैभन्दा बढि ९.७३ प्रतिशतले कमाएका छन् भने सीनर्जी पावरका लगानीकर्ताले सबैभन्दा बढि ५.९७ अंकले गुमाएका छन् ।

बजेटले नेप्सेमा कस्तो प्रभाव पार्ला ?

लगानीकर्ताले सोचे वा आशा गरे बमाुजम कुनै कुरा ठोस रुपमा बजेटमा नआएका कारण लगानीकर्ताहरु केही निराश भएका हुनसक्छन् ।
तर, बजेट सेयर बजार बढाउनैका लागि कुनै ठोस कार्यक्रम ल्याउने प्रक्रिया होइन । बजेट भनेको सरकारको सामान्य आम्दानी र खर्चको बिवरण हो ।

साथै, दोस्रो चुनावको आचारसंहिता समेत लागि सकेका हुनाले कुनै पनि नयाँ कार्यक्रम नआउन नौलो कुरा होइन । र, सेयर बजार परिपक्व ढंगले अघि बढ्ने भनेकै सकारात्मक आर्थिक परिदृश्यको कारणले हो ।

यद्यपि बजेटमा समावेश भएका केही कुराले दिर्घकालिन रुपमा सेयर बजारको बिस्तार र बिकामा मद्दत नै पुर्याउने खालका छन् । जस्तो, बजेटले उत्पादनमुलक क्षेत्रलाई सेयर बजारमा प्रवेश गराउन प्रोत्साहन गराउने भनेको छ । यो भनेको बजारको बिकास र आम लगानीकर्ताको लगानी बिबिधिकरणका महत्वपूर्ण कदम हो । यसका लागि सरकारले कर छुटको ब्यवस्था पहिल्यै गरिसकेको छ ।

धितोपत्र बोर्डले हालै एक निर्देशिका जारी गरि उत्पादन क्षेत्रका कम्पनीलाई सेयर जारी गर्नका लागि प्रिमियम मुल्य तोक्ने बिधि समेत सार्वजनिक गरिसकेको छ ।

‘धितोपत्र जारी गर्न चाहने कम्पनीले प्रिमियम गणना गर्दा पछिल्लो तीन बर्षको पूँजीकृत भएको आम्दानी, भविष्यमा प्राप्त हुने नगद प्रवाहको बर्तमान मुल्य र अन्तराष्ट्रिय प्रचलनका आधारमा मूल्याङ्कनकर्ताले अपनाएको अन्य कुनै एक बिधि अवलम्बन गरी प्राप्त हुने कुल मुल्यको औसत मुल्य र संस्थाको पछिल्लो लेखापरीक्षण भएको बित्तीय बिवरण अनुसारको प्रति सेयर नेटवर्थको चार गुणा हुन आउने मुल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नुपर्ने ब्यवस्था गरिएको छ,’ बोर्डले जारी गरेको निर्देशिकामा भनिएको छ ।

यसको मतलब अब उत्पादन क्षेत्रका कम्पनीलाई सेयर बजारमा प्रवेश गराउने बाटो खुलिसकेको छ । यसको नेपाली सेयर बजारको बिकासमा ठूलो भुमिका खेल्छ ।

बजेटमा द्यितोपत्र कारोबारलाई पारदर्शी र पूर्ण स्वचालित बनाउने भनिएको छ । यसले नेप्सेको पूर्ण अनलाईन कारोबार तर्फको यात्रालाई थप मद्दत पुग्ने बिश्वास गर्न सकिन्छ ।

यस्तौ बजेटमा उल्लेख भएको अन्तराष्ट्रिय कारोबारका लागि इ-गेटवे प्राप्त गर्ने र इ-पेमेन्टको ब्यवस्था गर्ने कुराले गैरआवासीय नेपाली र बिदेशी कम्पनीहरुको नेपाली सेयर बजारको प्रवेशलाई सहज तुल्याउँने आंकलन गर्न सकिन्छ ।

आश्वा प्रणाली साउन १ गतेदेखि अनिवार्य रुपमा लागु हुने परिपेक्षमा बजेटमा उल्लेख भएको प्रत्येक स्थानीय निकायमा एउटा बाणिज्य बैंकको शाखा खोल्ने कुराले अधिकांश नेपालीलाई सेयर बजारमा प्रवेश गर्न सहज बनाउँछ । यसले बजारको बिस्तार गर्न ठूलो मद्दत पुग्छ ।

बीमा क्षेत्र नेपाली सेयरबजारको महत्वपूर्ण क्षेत्र हो । बजेटले बीमा सेवालाई मुलुभरी बिस्तार गर्ने कुरालाई जोड दिंदा बीमा कम्पनीहरुको नाफामा सकारात्मक असर पार्ने कुरालाई नकार्न सकिन्न । हाल ८ प्रतिशत नेपाली मात्र बीमाको पहुँचमा रहको हुँदा सरकारले सहयोग गरे बीमा क्षेत्रको भविष्य निकै उज्ववल छ ।

समग्रमा भन्दा बजेटले सेयर बजारको दिर्घकालिन बिकासको मुद्दाहरुलाई सम्बोधन गरेको छ । त्यसैले आम लगानीकर्ताहरु नेपाली सेयर बजारको आगामी बर्षहरुलाई लिएर आशावाली हुनुपर्ने प्रशस्त कारणहरु छन् ।