काठमाडौं । राष्ट्र बैक पुर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीतिमा ब्याजदरको व्यवस्था एकल अंकमा ल्याएको भए राम्रो हुने टिप्पणी गरेका छन् ।
राजधानीमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै थापाले निजी क्षेत्रको अपेक्षा पनि त्यही भएको बताए । उनले मौद्रिक नीति व्यवसायीलाई भन्दा बैंकलाई समेटेर आएकाे समेत बताए ।
उनले भने, ‘दीर्घकालिन ब्याजदर नहुँदा हात्ती आयो हात्ती आयो भने झैं भएको छ, मौद्रिक नीतिले निजी क्षेत्रलाई हेरेन बैंकलाई मात्रै हेर्यो ।’
उनले बजेट जस्तै मैद्रिक नीति आउने दिन पनि तोकिनुपर्ने बताए । उनले मौद्रिक नीतिसँग अपेक्षा धेरै भए पनि त्यसलाई व्यवस्थापन गर्न चुनौतीपूर्ण भएकोब बताए । मौद्रिक नीति पुरानै विधिबाट आएको समेत उनले टिप्पणी गरे ।
उनले निजि क्षेत्रमा जाने ब्याजदर बढेको बताउँदै नीति निर्माणमा निजी क्षेत्रले अपेक्षा बढेको बताए । सरकारी बैकको १५ प्रतिशत र निजी बैकको बजार हिस्सा ८५ प्रतिशत भएको बताए ।
उनले भने, ‘नीति बनाउन निकै गाह्रो छ । ८.५ आर्थिक बृघिलाई सघाउने नीति छ । यो नीति निजीक्षेत्रमैत्री नीति छ । पछिल्लो समयमा नीति प्रभावकारी छ ।’
सरकारले पुँजिगत खर्च गर्न नसकेको समयमा यो आर्थिक वृद्धि हुनु नीतिको कारक रहेको उनले बताए ।
उनले भने, ‘अहिले पुनर्कर्जा ५० अर्ब भने पनि २२ अर्ब मात्रै छ, निर्णय कार्यान्वयन होस भन्ने कामना छ, यसैमा उर्जा क्षेत्रमा अनिवार्य १५ प्रतिशत कर्जा जाने व्यवस्था गरेको भए व्यापार घाटा कम हुने थियो ।’
यसमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ । यसो हुँदा विद्युत आयात कम हुने थियो । त्यस्तै, मर्जरका नाममा विकास बैंक र वित्त कम्पनी मासिँदै गएको उनले बताए ।
उनले उपत्यका बाहिरका उद्यमीले ऋण पाउने भनेको वित्त कम्पनीबाट हो, त्यसैलाई कम गर्दै लैजाने हो भने ऋण पाउन गाह्रो हुन्छ । अहिले उपत्यका बाहिर वित्त कम्पनीको संख्या जम्मा २१ छ । यो संख्या पहिले ७८ थियो ।
SHARE YOUR THOUGHTS