लक्ष्मी बैंकको २० लाख कित्ता डिवेञ्चर खुल्यो, १० प्रतिशत ब्याज पाइने « Eglish Khabarhub

लक्ष्मी बैंकको २० लाख कित्ता डिवेञ्चर खुल्यो, १० प्रतिशत ब्याज पाइने



काठमाडौं । लक्ष्मी बैंकले १० वर्षको लागि वार्षिक १० प्रतिशत ब्याजदर दिनेगरी २ अर्ब बराबरको ऋणपत्र (डिवेन्चर) निष्कासन गरेको छ । बैंक शुक्रबार सूचना जारी गरी असोज २० गतेदेखि १ हजार अंकित २० लाख कित्ता डिवेन्चर बिक्रीे गर्ने भएको हो ।

‘लक्ष्मी बैंक डिवेन्चर २०८६’ नामक बैंकको उक्त ऋणपत्र बिक्री प्रवन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ रहेको छ । सो डिवेन्चरलाई इक्रा नेपालले एलबीबीबी प्लस रेटिङ दिएको छ ।

बैंकद्धारा निष्कासित डिवेन्चरमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता म्युचुअल फण्ड र १२ लाख कित्ता सर्वसाधारण तथा विभिन्न संघ संस्थाहरुलाई आफैंले बिक्री गर्ने जनाएको छ ।

बैंकले सर्वसाधारणलाई न्युनतम २५ कित्तादेखि १ लाख कित्तासम्म खरिद गर्न पाउने व्यवस्था गरेको छ । यो डिवेन्चर खरिदकालागी असोज २२ गतेदेखि २७ गतेसम्म लगानीकर्ताहरुले आवेदन दिनसक्ने छन् ।

Publish on: