२ वर्षको प्रयासपछि जन्मियो जीबन बीमा कम्पनीका सीइओहरुको संगठन, पाण्डे अध्यक्ष « Eglish Khabarhub

२ वर्षको प्रयासपछि जन्मियो जीबन बीमा कम्पनीका सीइओहरुको संगठन, पाण्डे अध्यक्ष


१६ पुस २०७६, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । जीबन बीमाको व्यवसाय गर्दै आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको नयाँ छाता संगठन जन्मिएको छ । जीबन बीमक संघ नेपाल नाम गरेको संगठन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा यही पुस ९ गते दर्ता भएको छ ।

राष्ट्र बैंकका पूर्वक्याडर तथा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका सीइओ शिवनाथ पाण्डे संयोजक रहेको संघको तदर्थ समितिको उपाध्यक्षमा मेट लाइफ एलिकोका सीइओ निर्मल काजी श्रेष्ठ, सचिवमा सिटिजन्स लाइफ इन्स्योरेन्सका सीइओ पोषक पौडेल, कोषाध्यक्षमा रिलाइन्य लाइफका सीइओ प्रविणरमण पराजुली छन् ।

लाइफ इन्स्योरेन्स एसोशिएसन गठन गर्ने प्रक्रिया अघि बढ्यो, तदर्थ समितिमा पाण्डे, पराजुली र पाठक

त्यसैगरी, तदर्थ समितिको कार्यसमितिमा युनियन लाइफका सीइओ मनोजकुमार कर्ण, रिलायवलका सीइओ नारायणबाबु लोहोनी, सन नेपालका सीइओ राजकुमार अर्याल, बीमा संस्थानका प्रशासक कबिप्रसाद पाठक र ज्योति लाइफका डेपुटी सीइओ प्रकाश खत्री छन् ।

यसअघि जीबन र निर्जीबन दुबैं बीमाको व्यवसाय गर्नेहरुको बीमक संघ नामक एउटै संगठन थियो ।

जीबन र निर्जीबन बीमाको विषय अलग्गै भएकाले जीबन बीमाको व्यवसाय गर्नेहरुको छुट्टै संगठनको आवश्यता भएको निष्कर्श सहित जीबन बीमा कम्पनीहरुको नयाँ संगठन गठन गरिएको संयोजक पाण्डेले जानकारी दिए ।

बीमक संघबाट छुट्टिए जीबन बीमा कम्पनी, छुट्टै संघ खुल्दै

२०७३ चैतदेखि नै जीबन बीमा कम्पनीका सीइओहरुले बीमक संघबाट छुट्टिएर नयाँ संगठन बनाउन खोजेका थिए ।

‘२ वर्षको प्रयासपछि जीबन बीमा कम्पनीहरुको संगठन विधिवतरुपमा जन्मिएको हो,’ पाण्डेले क्लिकमाण्डूसँग भने ।

एक वर्षअघि तदर्थ समिति, विधान तयार पारेर जिल्ला प्रशासन कार्यालयमा दर्ताका लागि आवेदन दिइएको थियो ।

‘कलेक्टिभ बार्गेनिङका लागि र आचारसंहिता तयार गरी यो क्षेत्रलाई अझ राम्रो बनाउन संगठन बनाउनु परेको हो,’ पाण्डेले भने ।

नयाँ बीमा कम्पनी थपिएपछि जीब बीमा कम्पनीको संख्या १९ वटा पुगेको छ । संघ नहुँदा प्रत्येक बीमा कम्पनीले बीमा समिति लगायत सरोकारवाला निकायहरुमा आ–आफ्नै समस्या मात्रै लिएर जाने हुँदा समग्र जीबन बीमाको बारेमा कुरा गर्ने संस्थाको खाँचो थियो ।

नयाँ कम्पनीहरु थपिएपछि जीबन बीमाको क्षेत्र पनि ठूलो भएको र छुट्टै संगठनको आवश्यकता परेको उनले बताए ।

‘जीबन बीमा सँग सम्बन्धीत कठिनाइहरु साझा प्लेटफर्ममा छलफल गरेर नियमनकारी निकाय र सरकारसँग लबिङ गर्छौं,’ पाण्डेले भने ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार ००:००  ६ : ५८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping