काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पदबहाली गरेका छन् । अर्थमन्त्रालयमा गोपनियताको सपथ लिएपछि धितोपत्र बोर्ड पुगेर ढुंगानाले अध्यक्षको रुपमा पदबहाली गरेका छन् ।
नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाको स्वागत गर्दै बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अध्यक्षलाई बजारको समस्याको बारेमा जानकारी भएको बताएका थिए ।
ढुंगाना बोर्डको विज्ञ सदस्य र नेप्सेमा संचालक समितिको सदस्य भएर काम गरेका थिए ।
सेयर बजार सुधार्न धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाको ६ बुँदे योजना
बोर्डका अर्का कार्यकारी निर्देशक परिष्ठ पौडेलले बोर्डले ४ सय बढी संस्थालाई नियमन गर्दै अाएकाे र अब कमोडिटि बजार सुरु हुन लागेकोले काममा चुनाैती रहेकाे जानकारी दिए ।
उनले स्टक डिलर ल्याउने र बीमाले सामुहिक लगानी कोषमा लगानी गर्ने काम ऐन आएपछि सुरू हुने बताए । उनले अहिले बाेर्डकाे कार्यालयकाे समस्या रहेकाे भन्दै याे समस्या समाधान हुन आवश्यक रहेकाे जानकारी गराए ।
अध्यक्ष ढुंगानाले पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै बजारको विषयमा नयाँ नभएको र नेप्से ३ वर्ष संचालक भएर काम गरेको र बोर्डको विषयमा जानकार रहेको बताए ।
उनले अध्यक्षमा प्रतिस्पर्धी रहेका गिरीतर्फ देखाउदै चित्त नदुःखाउन आग्रह गर्दै सँगै काम गर्ने बताए ।
‘बजारको विकास हुन आवश्यक छ,लगानीकर्ताले प्रतिफल कमाउनुपर्छ, अब प्रविधिलाई अगाडि बढाएर बजारलाई अगाडि लैजाने हो,’उनले भने ।
उनले बजार विकासको लागि ५८ बुँदा कार्यान्वयनमा आवश्यत्र भएको बताए । उनले आफुले विदेशी विनिमय विभागमा राष्ट्र बैंकमा लामो समय बिताएको भन्दै नियम र त्यसमा आफु विज्ञ रहेको बताए ।
SHARE YOUR THOUGHTS