सेयर बजारमा उछाल आउँदा पनि यी कम्पनीका लगानीकर्ताले घाटा खाए « Eglish Khabarhub

सेयर बजारमा उछाल आउँदा पनि यी कम्पनीका लगानीकर्ताले घाटा खाए



काठमाडौं । लामो समयपछि आइतबार सेयर बजारमा ठूलो उत्साह देखियो । नेप्से इन्डेक्स र कारोबार दुबैमा उछाल आउँदा सेयर बजारमा लगानी गर्ने अधिकांशले कमाए । सेयर बजारमा यस्ता दिनहरु बिरलै मात्र आउँछन् ।

तर, नेप्सेमा सूचीकृत ९ वटा कम्पनीका लगानीकर्ताका लागि भने आइतबारको उछालले उत्साहित बनाएन । किनभने उनीहरुले आइतबार पनि घाटा खानुपर्यो ।

आइतबारको कारोबारमा माउन्टेन हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशत गुमाएका छन् । यो कम्पनीको मूल्य घटेर प्रतिकित्ता ९१ रुपैयाँमा आइपुगेको छ ।

कसरी एकाएक सेयर बजारमा उछाल आयो ? यी हुन् खास कारण

त्यसैगरी, सिनर्जी पावर, सिन्धु विकास बैंकका लगानीकर्ताले पनि २ प्रतिशत घाटा खाए भने प्राइम कमर्शियल बैंकका प्रवद्र्धकहरुले पनि २ प्रतिशत घाटा खाए ।

युनियन हाइड्रोपावर, कालिका पावर र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीर्ताले १ प्रतिशत घाटा खाए ।  सानिमा बैंकका प्रवद्र्धकहरुले पनि १ प्रतिशत घाटा खाए ।

आइतबारको कारोबारबाट दर्जन कम्पनीका सेयरधनीले भने एकैदिन मालामाल कमाए । ती कम्पनीका सेयरधनीको सम्पत्ति १० प्रतिशतले बढ्यो ।

प्रिमियर इन्स्योरेन्स, सिद्दार्थ इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, प्रभु इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आरएमडीसी लघुवित्त, स्वाभिमान लघुवित्त, घोडीघोडा लघुवित्त, एशियन लाइफ इन्स्योरेन्सलगायतका सेयरधनीको सम्पत्ति बढेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स, ग्रामिण विकास लघुवित्त, एनआइसी एशिया, शिबम् सिमेन्ट, डिप्रोक्स लघुवित्त, फस्ट माइक्रोफाइनान्स, नेपाल बैंक, प्रभु बैंक, नेशनल इन्स्योरेन्स र ओमी माइक्रोफाइनान्सको सबैभन्दा धेरै कारोबार भयो ।

Publish on: