अशोक राणा भन्छन्- हिमालयन बैंकले ग्राहक झुक्याउँदैन, मर्जका लागि इन्भेष्टमेन्ट बैंक उपयुक्त « Eglish Khabarhub

अशोक राणा भन्छन्- हिमालयन बैंकले ग्राहक झुक्याउँदैन, मर्जका लागि इन्भेष्टमेन्ट बैंक उपयुक्त


२२ माघ २०७६, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । ‘पूराना र ठूला बैंकलाई जित्छु भनेर आएका बैंकहरुले बेसरेटभन्दा कम ब्याजदरमा कर्जा दिइरहेका छन्, ऋण लिएको केही महिनामै ब्याजदर बढाइदिन्छन्, ग्राहकले बाहिरिन्छु भन्यो भने सेवा शूल्क थोपर्छन्,’ बसिरहेको कुर्सीबाट अलि अघि सरेर हिमालयन बैंकका सीइओ अशोक राणाले बैंकिङको विद्यमान समस्या कोट्याउँदै गए ।

बैंकहरुले यस्तो हर्कतले ग्राहकहरु समस्यामा परेको उनको गुनासो छ । केही बैंकले बजार बिगारेका कारण अहिले बैंकिङमा समस्या आएको उनको बुझाइ छ ।

‘आज बेसरेटभन्दा कममा कर्जा दिने अनि केही महिनापछि ब्याज बढाइदिने र बाहिरिन खोज्ने ग्राहकलाई सर्भिस चार्ज लगाएर झुक्याउने काम हिमालयन बैंकले गर्दैन्,’ राणाले क्लिकमाण्डूसँग आफ्नो बैंकको स्ट्रेन्थ सुनाए ।

घाटामै गएर भएपनि मार्केट सेयर बढाउन लाग्ने प्रवृत्तिले भोलिका दिनमा समस्या निम्त्याउन सक्ने उनी बताउँछन् ।

‘बैंकिङ भनेको धेरै नै संवेदनशील हो । यो व्यवसाय गर्दा दीर्घकालीन सोच बिचार गरेर काम गर्नुपर्छ । म पनि ४ वर्षे सीइओ हुन्थे भने त्यसै गर्थेँ होला । तर, म लामो समयदेखि हिमालयन बैंकको सीइओ छु । मसँग दीर्घकालीन भिजन भएरै त सञ्चालक समितिले पत्याएको होला नि,  आजका दिनसम्म हिमालयन बैंक राम्रो हो, यो बैंकले गलत अभ्यास गर्दैन, ’ उनले भने ।

हामी नयाँ बैंकसँग मर्जरमा जाँदैनौं । किनभने उनीहरुको सिस्टम छैन । संस्थागत मेमोरी पनि छैन । संरचना पनि कमजोर छ । र, दक्ष कर्मचारी पनि खासै छैनन् ।

हिमालयन बैंकले सुशासन र कम्प्लाइन्समा कम्पर्माइज गर्दैन भन्ने इमेज नै आफूहरुको सम्पत्ति भएको उनको भनाइ छ । र, यसले बैंकलाई दीर्घजीवि बनाउने बताउँछन् उनी ।

‘बैंकर्स संघको बैठकमा फलानो बैंकले मेरो निक्षेप खोस्यो, गुहार भन्छन् साथीहरु । यस्तो पनि सीइओहरुको मिटिङ हुन्छ ? बैंकर्स संघमा त नीगित विषयमा बहस हुनुपर्ने होइन र ?’ बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका राणा प्रश्न गर्छन्, ‘शशिन जोशी, राजनसिंह भण्डारी र मेरो पालामा त यस्तो हुँदैन थियो ।’

राष्ट्र बैंकले बैंकहरुको जोखिम छ भनेर भनिरहे पनि कुन संस्थामा बढी र कुन संस्थामा कम जोखिम छ भनेर वर्गिकरण नगरेको उनको भनाइ छ ।

‘वर्गिकरण गरेर  सोही अनुसार नियमन र सुपरिभिजन गरेको भए राम्रो हुन्थ्यो,’ उनले भने ।

बैंक नम्बर वान बन्न के गर्नुपर्छ ? सम्पत्ति कति छ र कस्तो छ भनेर हेरिनुपर्छ जस्तो लाग्छ । कतिको सुरक्षित छ, संस्थागत शुसाशनको अवस्था कस्तो छ, वातावरणीय र सामाजिक जोखिमको अवस्था कस्तो छ जस्ता कुरा हेर्नुपर्ने उनको भनाइ छ ।

‘नाफा धेरै कमाएर वा ठूलो आकारको कारोबार गरेर ठूलो बैंक बन्ने कि कम जोखिम र सामाजिक व्यवहारका आधारमा ठूलो भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ राणाले भने ।

मर्जरका इन्भेष्टमेन्ट उपयुक्त

हिमालयन बैंकका लागि मर्जरका लागि उपयुक्त पार्टनर नेपाल इन्भेष्टमेन्ट बैंक नै भएको उनको तर्क छ । तर अनौपचारिक गफगाफ भए पनि इन्भेष्टमेन्ट बैंकसँग अहिलेसम्म मर्जरका लागि औपचारिक कुराकानी भने नभएको राणाको दाबी छ ।

‘मर्जरका लागि हामीले लजिकल्ली हेर्ने हो भने हिमालयन बैंकको उपयुक्त पार्टनर नेपाल इन्भेष्टमेन्ट बैंक नै हो,’ उनले भने, ‘त्यसका पछि केही आधारहरु छन् ।’

राणाका अनुसार हिमालयन बैंकले मर्जरका लागि पार्टनर खोज्दा नविल, इन्भेष्टमेन्ट, एभरेष्ट जस्ता बैंक हेर्ने हो । एभरेष्टसँग धेरै पहिला नै मर्जरको कुरा भएको थियो । तर कुरा मिलेन । किनभने एभरेष्टका लगानीकर्ताले अर्को बैंकको मूल्य अति नै कम तोक्ने समस्याले गर्दा एभरेष्ट बैंक मर्जरमा जान सकिरहेको छैन । त्यसकारण फेरि एभरेष्टसँग मर्जरको कुरा गर्ने स्पेश छैन ।

हिमालयन बैंकको तुलनामा इन्भेष्टमेन्ट बैंकको कर्जामा राम्रो स्ट्रेन्थ छ । कार्ड र रेमिट्यान्समा भने इन्भेष्टमेन्ट बैंकको भन्दा हिमालयन बैंकको स्ट्रेन्थ राम्रो छ ।
शाखामा हिमालयन बैंकको भन्दा इन्भेष्टमेन्ट बैंकको स्ट्रेन्थ धेरै राम्रो छ ।

‘हमीलाई गाभिदिनुपर्यो भन्दै ३/४ वटा वाणिज्य बैंक र केही विकास बैंकहरु हिमालयन बैंकसमक्ष आए । तर त्यस्ता संस्था लिएर हामीलाई कुनै फाइदा हुने देखिएन,’ राणाले सुनाए ।

‘हामी धेरै नै कन्जरभेटिभ भएका कारण कर्जा बढाउन सकिरहेका छैनौं, हामी हाइड्रोपावरमा गएनौं,’ राणा भन्छन्, ‘इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुने हो भने हामी सबैभन्दा ठूलो र बलियो बैंक बन्छौं । किनभने अहिले पनि यी दुई बैंक राम्रो गुडविल भएका र बलिया बैंक हुन् ।’

राणाका अनुसार मर्जरको उद्देश्य बैंकिङ क्षेत्रमा संख्या बढी भयो, जसकारण अस्वस्थ प्रतिस्पर्धा भयो । स-साना बैंकहरु ठूलो संख्यामा रहँदा राज्यले सोचेजस्तो रिजल्ट आएन । त्यसैले प्रणालीमा, सूचना प्रविधिमा र जोखिम न्यूनिकरणका लागि बैंकहरुले लगानी बढाउनुपर्ने आवश्यकता देखिँदै गयो । मर्ज भएर संस्था ठूलो भएको खण्डमा बैंकहरु प्रतिस्पर्धी र बिलया हुन्छन् भन्ने सोच हो ।

तर हिमालयन बैंकलाई अहिले मर्जरका लागि केही अफ्ठ्यारो परेको उनको भनाइ छ । किनभने हिमालयन बैंक २० प्रतिशतको पार्टनर हबिबलाई छाडेर सीडीसी भित्र्याउने प्रक्रियामा छ ।

‘हाम्रो सञ्चालक समितिले एकपटक मर्जर अघि बढायो । सीडीसी भित्र्याउने बिचार थिएन । तर जब हामीले सीडीसी भित्र्याउने प्रक्रिया थाल्यौं तब राष्ट्र बैंकले हामीलाई केही सहुलियत दियो । पहिला सीडीसीलाई भित्र्याउनुहोस् त्यसपछि मर्जरको कुरा गरौंला भनेर राष्ट्र बैंकका जिम्मेवार अधिकारीहरुले हामीलाई भन्नुभएको छ,’ उनले भने ।

सञ्चालक समितिको एउटा कुरा होला । तर व्यवस्थापनले सिनर्जी हेर्ने उनको भनाइ छ ।

‘१ प्लस १ गरेर ४ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘त्यसैले हामी नयाँ बैंकसँग मर्जरमा जाँदैनौं । किनभने उनीहरुको सिस्टम छैन । संस्थागत मेमोरी पनि छैन । संरचना पनि कमजोर छ । र,  दक्ष कर्मचारीहरु पनि खासै छैनन् ।’

राणाका अनुसार हिमालयन बैंककै जुनियर कर्मचारीहरु नयाँ बैंकमा सिनियर भएर गएका छन् । त्यस्ता बैंकसँग मर्जरमा जाँदा कर्मचारीको समायोजनमा समस्या हुन्छ । त्यसैले हामीले हाम्रो जस्तो साइज भएको, कल्चर भएको र स्ट्रेन्थ भएको ठूलो बैंकसँग मर्जरमा जाने हो भने धेरै इफिसियन्स हुन्छ ।

‘कमजोर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गाभेर करमा सहुलियत लिने हाम्रो उद्देश्य छैन, कम्प्लाइन्सको विषय अझ महत्वपूर्ण हुन्छ । त्यसैले हामीले असल अभ्यास भएका, ऋणको पोर्टफोलियो राम्रो भएका र हामीजस्तै बैंक हेर्ने हो, जसको संख्या निकै नै कम छ,’ उनले भने ।

हामीलाई गाभिदिनुपर्यो भन्दै ३/४ वटा वाणिज्य बैंक हिमालयन बैंकसमक्ष आएको राणा बताउँछन् । केही विकास बैंकहरु पनि आए । त्यस्ता संस्थाको पुँजी मात्रै हिमालयन बैंकलाई काम लाग्ने आफूहरुको विश्लेषण रहेको उनले सुनाए ।

‘जुन-जुन संस्थाले हामीलाई मर्जरका लागि प्रस्ताव गरे ती संस्था लिएर हिमालयन बैंकलाई कुनै फाइदा हुने देखिएन,’ राणाले सुनाए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार ००:००  २ : १८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping