काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि थप गरेको लकडाउन केही खुकुलो बनाएको छ ।
जसमा धितोपत्र बजार कारोबार गर्न अनुमति दिने भनिएको छ । यसको लागि भने एकतिहाई कर्मचारीले मात्र काम चलाउनुपर्ने छ भने सामाजिक दुरी कायम राख्नुपर्ने छ ।
सरकारले कोरोना भाइरस नियन्त्रणका लागि अपनाएको लकडाउनसँगै चैतदेखि सेयर कारोबार बन्द छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले यसअघि नै सरकारले सहज बनाएमा सेयर कारोबार खुल्ला गर्ने बताएका थिए ।
बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका शाखा शुक्रबारदेखि खुल्ने
स्टक ब्रोकर एशोसियनका अध्यक्ष भरत रानाभाटले सरकारले भने अनुसार एकतिहाई कर्मचारीबाट कार्यालय संचालन गर्न सकिने र यसको लागि कार्यालय आउनको लागि आवश्यक पासको व्यवस्था गर्नुपर्ने बताए ।
SHARE YOUR THOUGHTS