काठमडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ मा अहिलेको अवस्थामा पुरक बजेट ल्याउन आवश्यक नभएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटको लागि प्रस्तुत सिद्दान्त र प्राथमिकताको छलफलमा सांसद्ले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् ।
‘सरकारले सोचेर, विवेक प्रयोग गरेर बजेट ल्याउने हो, भोलि कुनै समस्या भए पुरक बजेट ल्याउन सकिन्छ, अहिले नै आधा वा पुरक बजेट ल्याउन सकिँदैन, भोलि के हुन्छ माननीयज्यू, त्यो कसलाई थाहा छ र ? बजेट यथार्थपरक र पुरै आँउछ, पुरक आउँदैन ढुक्क भएर बस्नु ।’ अर्थमन्त्री खतिवडाले भने ।
प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले जेठ १५ मा सानो आकारको बजेट ल्याएर साउनमा पुरक बजेट ल्याउन माग गरेको थियो ।
उनले छलफलमा उठेको प्रश्नको जवाफ दिँदै विदेशमा रहेको नेपाली नेपालमा आउन खोजेको खण्डमा उनीहरुलाई नेपालमा ल्याउन धेरै नै छलफल आवश्यक रहेको बताए ।
सिमाना र रोगबाट अतिक्रमित भएको भन्दै मान्छे ल्याउने लैजाने विषयमा गम्भिर हुन आवश्यक रहेको बताए ।
रोग र भोकसँग लडिरहेको बेलामा भोकसँग लड्नका लागि आर्थिक क्षेत्र चलायमान बनाउन आवश्यक रहेको बताए ।
उनले भने ‘लगानी नबढाएको खण्डमा रोजगारी कसरी सिर्जना हुन्छ । अब हामीले आर्थिक कृयाकलाप अघि बढाउनै पर्छ ।’
कोरोनासँगै न्यूनतम आर्थिक कृयाकलाप नगरे रोगबाट बचे भोकबाट बच्न नसकिने बताए ।
उनले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक बृद्धिदर हुने भनेपनि कोरानाको कारण यसलाई असर गरेको बताए । यद्यपी व्यापारघाटा भने घटेको छ ।
अहिले १८ प्रतिशतभन्दा कम विद्युत आयात हुने गरेको भन्दै त्यसको रकम १ अर्ब रुपैयाँ रहेको जानकारी गराए । राष्ट्रिय गौरवका आयोजना सन्तोषजनक छैनन् । डिपीआर नभएका आयोजना राष्ट्रिय गौरवका आयोजनामा राख्दा समस्या भयो । कसको पालामा राखेको हो आ-आफ्नो सरकारले जिम्मा लिनुपर्ने उनको तर्क छ ।
तपाईको देशमा भएको नागरिक सुरक्षित राख्छौ । हाम्रो नागरिक त्यही राख्नु भनेका छौं । उनीहरुलाई भोकै बस्न नपर्ने वाताबरण बनाएको र स्रोत अभाव भए अर्थले सहयोग गर्ने बताए । कोरोना संक्रमण कम भएपछि आउन चाहनेलाई ल्याउने विषयमा सम्बन्धित देश तयार रहेको बताए ।
उनले खर्च कटौतीको विषय सांसद्हरुले उठाएको भन्दै त्यो विषय बजेटले समेटेको जानकारी गराए ।
बजेटको सिद्दान्त र परम्परागत भयो भन्नेहरुले पनि परम्परागत टिप्पणी गरेको बताए । टिप्पणी आधुनिक हुन आवश्यक रहेको उनको भनाइ छ । मैले तपार्इंहरुको सम्मान गरिरहँदा मैले पनि त्यो आशा गरेको हुन्छ ।
सिद्दान्त र प्राथमिकताको ५५ नम्बर बुँदामा धेरैको आलोचना रहेको बताए । उनले भने ‘६० वर्ष पहिलाको संविधानको धारा ५५ ले झस्काएको जस्तो छ । यो हटाउन भन्नुभयो । यसले गर्न खोजेको काम रोकिन्छ । यो हटदैन ।’
सिमा सुरक्षामा रहेको सुरक्षाकर्मीको लागि बजेटले व्यवस्था गर्ने मन्त्री डा. खतिवडाको भनाइ छ ।
सांसदले दिएको राय सुझाव आफुले टिपेको र आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने पनि मन्त्री खतिवडाले जानकारी गराए ।
SHARE YOUR THOUGHTS