२९ मंसिर २०८२, आइतबार

अध्यक्ष राणालाई गालीगलौज गरेको भन्दै महासंघद्धारा चण्डीराजविरुद्ध खेद प्रस्ताव पारित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको मानमर्दन गरेको भन्दै विशिष्ट सदस्यसमेत रहेका पूर्वअध्यक्ष चण्डीराज ढकल विरुद्ध खेद प्रस्ताव पारित भएको छ ।

गत शुक्रबार बसेको महासंघ पदाधिकारी बैठकमा उपाध्यक्ष किशोर प्रधानले खेद प्रस्ताव दर्ता गराएका थिए । प्रधानले दर्ता गराएके खेद प्रस्तावलाई बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारका लगायतले समर्थन गरेका थिए ।

चण्डीराज ढकाल भन्छन्- भवानी राणाले आफ्नो हैसियत बिर्सिइन्, अब म चुप लागेर बस्दिन

‘अध्यक्ष भवानी राणाज्यूमाथि पूर्वअध्यक्ष चण्डीराज ढकालले सार्वजनिकरुपमै गालीगलौज तथा मानमर्दन गरेको कुराले हामीलाई मर्माहत बनाएको छ,’ प्रधानले क्लिकमाण्डूसँग भने, ‘उहाँजस्तो वक्तिबाट त्यस्तो अभिव्यक्ति आउनु अत्यत्नै दुखद छ, महासंघ पदाधिकारीले खेद प्रस्ताव पारित गरेको छ ।’

खेद प्रस्तावसम्बन्धी माइन्यूटमा सोमबार महासंघ अध्यक्ष राणाले पनि हस्ताक्षर गरेकी छन् । अध्यक्ष राणले हस्ताक्षर गरेसँगै खेद प्रस्ताव पारित भएको हो ।

लकडाउनकैबीच साधारणसभाको मिति तोक्न आफूहरुले दिएको दिएको दवाव नमानेपछि ढकालले अध्यक्ष राणाले आफ्नो हैसियत बिर्सिएको आरोप लगाउँदै गालीगलौज गरेका थिए ।