सनराइज बैंकमा नेकपाको जस्तै लफडाः सञ्चालक समिति विघटन गर्ने राष्ट्र बैंकको चेतावनी « Eglish Khabarhub

सनराइज बैंकमा नेकपाको जस्तै लफडाः सञ्चालक समिति विघटन गर्ने राष्ट्र बैंकको चेतावनी


१४ पुस २०७७, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । झन्डै दुईतिहाई जनमत पाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक कलहले दशकौं संघर्ष र अर्बौं खर्च गरेर स्थापित गरेको लोकतन्त्रान्त्रिक गणतन्त्र र संविधान धरापमा परेको त तपाईंहामी बसैले देखिरहेका छौं । भोगिरहेका छौं ।

दुई अध्यक्ष भएको नेकपा पछिल्लो समय एउटाको निर्णय अर्कोले नमान्ने स्थितिमा पुगे । र, एकले अर्कालाई पार्टीबाट निष्काशन गर्नेसम्मको तहमा गिरेका छन् ।

नेकपाको आन्तरिक विवाद पार्टी त फुट्यो फुट्यो । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर मुलुकलाई नै गंभीर दुर्घटनामा पारेका छन् । देश र ३ करोड नेपालीको भविष्य अन्धकारतर्फ धकेलिएको छ ।

हो त्यस्तै भएको छ अहिले सनराइज बैंकमा । एउटै परिवारका लगानीकर्ताबीचको घर झगडाले यतिबेला बैंकलाई नेकपाजस्तै बनाउन लागेका छन् ।

काकाभतिज पर्ने मोतिलाल दुगड र मालचन्द दुगडको पारिवारिक झगडा बैंकको सञ्चालक समिति र व्यवस्थापनसम्म देखिएको छ । जुन बैंककै लागि दुर्भाग्य हो ।

केही महिनायता सनराइज बैंकमा सञ्चालकहरुले दुई समुह बनाएर आन्तरिक विवाद चर्का बनाइरहेका छन् । जसरी नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पेलेर अघि बढ्न खोजे त्यसरी नै बैंकका अध्यक्ष मोतिलालले मालचन्द समूहका सञ्चालकहरुलाई पेलेर अघि बढिरहेका छन् । र, जसरी आफू पार्टीको पूर्णअधिकारप्राप्त अध्यक्ष र ओलीलाई हटाएर प्रधानमन्त्री बन्न प्रचण्डले गुटबन्दी गरे त्यसरी नै मालचन्दले पनि मोतिलाललाई हटाएर आफू अध्यक्ष बन्न चरम गुछबन्दी गरेका छन् ।

‘यस्ता लफाडाले सम्पुर्ण बैंकिङ क्षेत्र नै बदनाम हुनुका साथै संस्थाको वित्तीय सुसाशनमा समेत ह्रास आउँछ, यो सहित राष्ट्र बैंकले उहाँहरुको झगडा साम्य गरेको दोस्रो पटक हो, अब पुनः राष्ट्र बैंकले संचालकको आन्तरिक बिवादलाई सम्झाउने काममात्र गर्दैन्,’ स्रोतले भन्यो, ‘सञ्चालक समिति विघटन गरेर राष्ट्र बैंकले टेकओभर गर्छ ।’

फलस्वरुप बैंक सञ्चालक समितिमा एक समूहले गरेको निर्णय अर्को समूहले अस्वीकार गरिरहेका छन् । संचालकहरुको विवाद चर्किंदै गएपछि राष्ट्र बैंकले बेला-बेलामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।

विवाद उत्कर्षमा पुगेपछि राष्ट्र बैंकले गत साउन ११ गते सञ्चालकहरुलाई बोलाएर आपसमा छलफलमात्रै गराएको थिएन, सम्झाइ बुझाइ गरेर समेत पठाएको थियो ।

त्यतिमात्रै होइन राष्ट्र बैंकले आपसमा नमिले सञ्चालक समिति भंग गरिदिने चेतावनीसमेत घुमाउरो पारामा दिएको थियो ।

सनराइज बैंकका सञ्चालकको बयानः सीइओले हामीलाई टेरेनन्, राष्ट्र बैंकले सम्झाएर पठायो

राष्ट्र बैंकको चेतावनीले झगडाको दलदलमा भासिएको सनराइज बैंकको सञ्चालक समिति उक्त दलदलबाट बाहिर निस्कन सकेन ।

फेरि उही प्रकारको विवाद र झगडा देखियो । बैंक अनिर्णयको बन्दी बन्यो । व्यवस्थापनले स्वतन्त्ररुपमा काम गर्न पाएन । र, बैंक प्रतिस्पर्धी बजारमा खरो उत्रिन सकिरहेको छैन ।

यसरी भूसको आगोझैं भित्रभित्रै सल्किएको आगो फेरि दनदनी बल्न थाल्यो । र, नियामक राष्ट्र बैंकले सञ्चालकहरुलाई बोलाएर छलफल गरेको छ ।

राष्ट्र बैंकको नियमन र सुपरिभिजन विभागका प्रमुखले मंगलबार बिहान बैंकका सञ्चालकलाई बोलाएर फेरि सम्झाइ, बुझाइ र चेतावनी दिएर पठाएका छन् ।

संचालकहरुको विवादले संस्थाको वित्तीय सुशासन बिग्रँदै गएपछि राष्ट्र बैंकले चासो देखाएको हो ।

‘बैंकका ६ जना संचालक २ समुहमा विभाजन भएका रहेछन्, त्यसमा एक पक्षले अर्को पक्षले गरेका निर्णयहरु नमान्ने एक अर्काको विरुद्धमा मिडियाबाजी गर्ने गरेको उनीहरुले गुनासो गरे,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘जिम्मेवारी बाँडफाडदेखि लिएर वित्तीय संरचना, कारोबारका हरेक निर्णयमासमेत पक्ष-विपक्ष भएर सञ्चालक सममितिको बैठकले कुनै पनि निर्णय गर्न नसकेको धेरै भइसकेको रहेछ ।’

बैंकका अधिकारीहरुका अनुसार सनराइज बैंकभित्रको विवाद पनि नेकपाको जस्तै देखिएको छ ।

‘नेकपाको आन्तरिक कलहको सिको हाम्रो बैंकले गरेको देखियो,’ सनराइज बैंक स्रोतले भन्यो, ‘नेकपाको विवादले देश, संविधान र लोकतान्त्रिक गणतन्त्रलाई कहाँ पुर्यायो भन्ने देखेर सञ्चालकज्यूहरुले सिकिदिए कति राम्रो हुन्थ्यो ।’

जसरी नेकपाको विवाद उत्कर्षमा पुगेपछि दुबै पक्षका नेता राष्ट्रपतिकहाँ जान्थे । र, छलफल गर्थे । त्यस्तै अहिले सनराइजको विवाद उत्कर्षमा पुगेपछि सञ्चालकहरुलाई राष्ट्र बैंकले बोलाएर विवाद साम्य पार्ने प्रयास गरिरहेको छ ।

राष्ट्र बैंकले मंगलबार सनराइजका सञ्चालकहरुलाई आफ्नो संस्थालाई अब्बल संस्थाको रुपमा अगाडि बढाउनका लागि एक जुट भएर अगागि बढ्न प्रण गर्न लगायो । नियामकको अघि मनले नमान्दा नमान्दै पनि सञ्चालकहरुले एकजुट भएर अघि बढ्ने प्रण पनि गरेका छन् ।

‘पक्ष विपक्ष भएपछि बैंक संचालक पनि फुटेका रहेछन्, पक्ष विपक्षले एक अर्काको निर्णय नमान्नेदेखि आपसमा सम्मान नगरेकोसम्मका गुनासो ५ जनाले गरे,’ स्रोतले भन्यो, ‘उनीहरुको आन्तरिक झगडा जे विषयमा भएपनि मुख्य भनेको ‘इगो क्लास’ बढी पाइयो ।’

संचालकहरुले नेतृत्व गरी गठन गर्ने कमिटिहरुको विभाजनमा मदभेद हुँदा बैंकमा अन्य काम कारोबारहरु प्रभावित भइरहेको स्रोतको भनाइ छ ।

राष्ट्र बैंकले बोलाएकोको छलफलमा बैंकका अध्यक्ष मोलिलाल दुगड, अन्य संचालकहरु मालचन्द दुगड, बच्चराज तातेड, शैलेन्द्र गुरागाँई र सारादा शर्मा उपस्थित थिए । दिपक शर्मा भने उपत्यका बाहिर भएकाले राष्ट्र बैंक उपस्थित हुन सकेनन् ।

‘यस्ता लफाडाले सम्पुर्ण बैंकिङ क्षेत्र नै बदनाम हुनुका साथै संस्थाको वित्तीय सुसाशनमा समेत ह्रास आउँछ, यो सहित राष्ट्र बैंकले उहाँहरुको झगडा साम्य गरेको दोस्रो पटक हो, अब पुनः राष्ट्र बैंकले संचालकको आन्तरिक बिवादलाई सम्झाउने काममात्र गर्दैन्,’ स्रोतले भन्यो, ‘सञ्चालक समिति विघटन गरेर राष्ट्र बैंकले टेकओभर गर्छ ।’

मोतिलाल र मालचन्दको कलहले लाखौं निक्षेपकर्ता अर्बौं रकम जोखिममा पर्ने र हजारौं सेयरधनीको सम्पत्ति डुब्ने छ । उनीहरु सुध्रिन सकेनन् भने जनताको निक्षेप डुब्न राष्ट्र बैंकले दिनु हुँदैन ।

तसर्थ राष्ट्र बैंकले समयमै सञ्चालक समिति भंग गरी आफ्नो निण्न्त्रणमा लिएर अर्को कुनै बैंकसँग मर्ज वा एक्वायर गराई नयाँ सञ्चालक समिति गठन गरेर बैंक सञ्चालन गर्न दिनुपर्ने कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ । होइन भने समयमै किचलो नमिल्दा नेकपा अहिले जस्तो भएको छ निकष्ट भविष्यमा सनराइज बैंक पनि त्यस्तै हुने खतरा छ ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार ००:००  ५ : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping