कोरोना महामारीमा यी ५ अर्बपति अझ धनी भए, कमाए अर्बौ डलर « Eglish Khabarhub

कोरोना महामारीमा यी ५ अर्बपति अझ धनी भए, कमाए अर्बौ डलर




कोरोना महामारीका कारण विश्वको अर्थतन्त्रमा संकटमा पर्यो । कैयन मानिसहरुले जागिर गुमाए, गरिबी झन बढ्यो । विश्वभरमा १६ लाखभन्दा बढी मानिसको कोरोनाका कारण मृत्यु भयो तथा आर्थिक संकटका कारण कैयन कारोबार बन्द भयो भने लाखौंको जागिर गयो ।

तर यही कोरोनाको महामारीबीच केही धनी मानिसहरु भने अझ धनी बनेका छन् । विश्वका ६० प्रतिशतभन्दा बढी अर्बपतिहरु सन् २०२० मा अझ बढी धनी भएका छन् । जसमा ५ जनाको कुल सम्पत्ति ३१०.५ अर्ब डलर पुगेको छ ।

एलन मस्क, टेस्लाका सह–सस्थापक तथा सीइओ
स्पेस एक्सका संस्थापक तथा टेस्लाका सीइओ एलन मस्कको सम्पत्तिमा सन् २०२० मा १४० अर्ब डलर थपिएको छ । ब्लुमबर्गका अनुसार पछिल्लो सोमबार उनको कुल सम्पत्ति १६७,००० मिलियन डलर अर्थात १ अर्ब ६७ अर्ब डलर पुगेको छ ।

यसका साथै एलन मस्क अर्बपतिहरुको सूचिमा माथि चढेका छन् र नोभेम्बरमा बिल गेट्सलाई पछि पार्दै विश्वको सबैभन्दा धनीको सूचीमा दोस्रो स्थापनमा पुगेका छन् । उनीभन्दा अगाडि अमेजनका संस्थापक जेफ बेजोस छन् ।

फोब्र्सका अनुसार जबदेखि पत्रिकाले विश्वका धनीहरुको सूची निकाल्न शुरु गर्यो त्यसबेलादेखि हालसम्म कुनै पनि अर्बपतिको एक वर्षमै यति धेरै सम्पत्ति बढेको यो पहिलो पटक हो ।

एलन मस्कको कम्पनी टेस्ला एक इलेक्ट्रिक कार निर्माता कम्पनी हो । यस वर्ष कम्पनीको कारहरु रेकर्ड स्तरमा बिक्री भएको थियो । त्यसैगरी दोस्रोतर्फ कम्पनी स्पेस एक्सले पनि यस वर्ष निकै उपलब्धी हासिल गरेको छ । र, उक्त कम्पनी अन्तरिक्षमा एस्ट्रोनट लञ्च गर्ने पहिले निजी कम्पनी समेत बनेको छ ।

जेफ बेजोस, अमेजनका संस्थापक तथा सीइओ
जेफ बेजोस ती व्यक्ति हुन् जसले सन् २०२० को शुरुवातमा विश्वका सबैभन्दा धनी व्यक्ति बनेका थिए र उसैगरी वर्षको अन्त्यमा आइपुग्दा समेत उनी सोही स्थान कायम राख्न सफल भएका छन् ।

जेफ बेजोस अनलाइन सपिङ प्लेटफर्म अमेजनका संस्थापक मात्रै होइनन, उनी त्यसका साथै अमेरिकी अखबार ‘द वासिंटन पोस्ट’का मालिक पनि हुन् । उनीले यस वर्ष आफ्नो कुल सम्पत्तिमा ७२ अर्ब डलर थप गरेका छन् । यसको कारण कोरोना महामारीका दौरानमा अनलाइन खरिदारी निकै बढ्नु हो । लकडाउनमा पसल बन्द भएका कारण मानिसहरुले अनलाइनमा निकै धेरै खरिदारी गरेका थिए ।

केही महिना अगाडि जेफ बेजोसको कुल सम्पत्ति २०० अर्ब डलरको अंक पार गरेको थियो । तर अहिले उनको कुल सम्पत्ति १८७ अर्ब डलर कायम छ ।
जेफ बेजोसले सामाजिक कार्यमा पनि आफ्नो योगदान दिइरहेका हुन्छन् । गत फेब्रुअरीमा उनले १० अर्ब डलर जलवायु परिवर्तनसँग लड्नका लागि दान दिएका थिए । त्यसैगरी नोभेम्बर महिनामा ८० करोड डलर उनले पर्यावरण सम्बन्धि काम गर्ने संस्थालाई दिएका थिए ।

उनकी पूर्व पत्नी मेकेन्जी स्कटले पनि यस वर्ष ५.८ अर्ब डलर गैर सरकारी संस्थाहरुलाई दान दिएकी थिइन् ।

जोन सानसान, नो फू स्प्रिङका संस्थापक
ब्लुमर्गका अनुसार जोन सानसानको कुल सम्पत्ति ६२.७ अर्ब डलरसम्म बढेको थियो । उनको हालको सम्पत्ति ६९ अर्ब डलर पुगेको छ ।

जोनले सेप्टेम्बरमा चीनको सबैभन्दा धनी व्यक्ति बनेका थिए । उनको बोतलबन्द पानीको कम्पनी नो फू स्प्रिङको सेयर सार्वजनिक बिक्री शुरु गरेपछि १.१ अर्बभन्दा बढीको कमाइ गरेका थिए ।

नो फू स्प्रिङको स्थापना सन् १९९५ मा भएको थियो । जुन एसियामा बोतलबन्द पानीको बजारमा पाँचौं हिस्सालाई नियन्त्रित गर्छ । उनको कम्पनीको मूल्य ७० अर्ब डलर पुगेको छ ।

६६ वर्षे जोन सानसानको कम्पनीमा ८४ प्रतिशतभन्दा बढी हिस्सा छ । जसको सेयर मूल्य करिब ६० अर्ब डलर छ । यसका कारण जोन सानसान टेनसेट्सको पोनी मा तथा अलिबाबाको ज्याक मा जस्ता अर्बपतिभन्दा अगाडि निस्कन सफल भए । उनी हालैका महिनामा चीन सबैभन्दा धनी व्यक्ति मात्रै होइन भारतीय अर्बपति मुकेश अम्बानीलाई पछि पार्दै एसियाका सबैभन्दा व्यक्ति बन्न सफल भएका छन् ।

उनी भ्याक्सिन बनाउने कम्पनी बेइजिङ बान्टा बायोलोजिकल फार्मेसीका समेत मालिक हुन् । यो कम्पनीले कोभिड १९ का लागि नाकबाट लिने स्प्रे बनाइरहेको छ । जुन नोभेम्बर महिनामा दोस्रो चरणको ट्रयाल गरिरहेको थियो ।

बर्नार्ड अर्नाल्ट, एलबीएमएच ग्रुपका मालिक

फ्रान्सका बर्नार्ड आर्नाल्ट आफ्नो देशका सबैभन्दा धनी व्यक्ति हुन् । तथा फोब्र्सले उनलाई धनीरुको सूचिमा दोस्रो नम्बरमा राखेको थियो भने ब्लुमर्गले उनलाई चौथो स्थानमा राखेको थियो ।

लग्जरी सामान निर्माता कम्पनी एलवीएमएचका मालिक अर्नाल्टको कुल सम्पत्ति यो वर्षको अन्त्यसम्ममा १४६.३ अर्ब डलर पुगेको छ । उनका लागि यो कठीन वर्ष हुँदा पनि सन् २०२० मा उनको सम्पत्ति ३० प्रतिशतले बढेको थियो ।

कारोना महामारीका कारण एलबीएमएचले टिफनी एन्ड कम्पनीलाई अधिग्रहण गर्ने योजना अस्थायी रुपमा रोक दिएका छन् । तर अक्टोबरमा उनले १५.८ अर्ब डलरमा कम्पनी अधिग्रहणको सम्झौता गरेका छन् । जुन प्रस्तावित मूल्यभन्दा ४० करोड डलर कम हो । लग्जरी उत्पादनको बिक्रीमा लगातार कमी आइरहेको छ तर एलवीएमएचले यो मामलामा सबैलाई हैरानमा पारेको छ । दक्षिण कोरिया तथा चीनमा उनका केही उत्पादनहरु ठूलो मात्रामा बिक्री भइरहेको छ ।

डेन गिलबर्ट, रकेट कम्पनीका अध्यक्ष
५८ वर्षे गिलबर्ट एनबीए क्लिवल्यान्ड क्यावेलियर्सका मालिक हुन् तथा अनलाइन मार्टेज कम्पनी क्लिवन लोन्सका सह सस्थापक हुन् । ब्लूमबर्गका अनुसार सन् २०२० मा उनको कुल सम्पत्ति २८.१ अर्ब डलरसम्म बढेको छ र अब उनको कुल सम्पत्ति ३५.३ अर्ब डलर पुगेको छ ।

यसको कारण क्विकन लोन्सको मूल कम्पनी रकेट कम्पनीजले अगष्टमा सेयर तथा अन्य वित्तीय साधनमा सार्वजनिक बिक्री शुरु गरेको थियो । गिलबर्टसँग रकेट कम्पनीजको ८० प्रतिशतभन्दा बढी स्वामित्व छ । जसको मूल्य ३१ अर्ब डलरभन्दा बढी छ । गिलबर्टको कुल सम्पत्ति एक वर्षमा ६ गुणाले बढेको थियो जसको कारण क्विकन लोन्सको आइपीओ नै हो ।

Publish on: