काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले हाल राजनीतिक दलमा देखिएको रोग सुनचाँदी व्यवसायीमा प्रवेशमा बन्द गर्नुपर्ने बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी व्यवसायी महासंघको सातौं र आठौं साधारण सभा तथा तेस्रो महाधिवेशनमा बोल्दै मन्त्री श्रेष्ठले सो बताएका हुन् ।
मन्त्री श्रेष्ठले उक्त कार्यक्रमको आयोजनाको सल्लाहकार भएको जनाउँदै महासंघको स्थापना र व्यवसायीको योगदानको इतिहास भुल्न नहुने बताए । साथै, आफू पनि लामो समय व्यवसायीको रुपमा काम गर्दा धेरै समस्याहरू झेल्नु परेको भन्दै अहिले मन्त्री भएको हैसियले समस्याको विस्तारै समाधान गर्ने प्रतिबद्धता जनाए ।
‘विगतको दिनमा म पनि व्यवसायी नै थिए । त्यसबेला म पनि सरकारसँग विभिन्न माग बोक्दै गृहमन्त्री, मन्त्रीसँग माग्न जान्थे,’ उनले भने, ‘तर, अब म अहिले माग्ने ठाउँमा हैन दिने ठाउँमा छु । त्यसैले व्यवसायीहरूले एक ढिक्का भएर माग सम्बोधन गरेमा व्यवसायीमा उत्पन्न भएको समस्या समाधान गर्न तत्पर छु ।’
त्यसैगरी, सुनचाँदी व्यवसायीहरूले स्वथ्य रुपमा प्रतिपर्धा गर्न पनि मन्त्रीले आग्रह गरेका छन् ।
त्यसैगरी नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारले व्यवसायीले निकै समस्याका बाबजुद पनि सरकारलाई ठूलो रकममा राजस्व प्रदान गर्न सफल भएकाले नीति नियममा सहज बनाउन आग्रह गरेका छन् । सुनचाँदीमा निती नियम नबनेकाले विभिन्न तहबाट अनावश्यक दुख दिएको प्रवृत्ति कायमै भएकाले यसलाई प्रभावकारी र व्यवसायीलाई सहज बनाउन अनुरोध गरेका छन् ।
त्यसैगरी, व्यवसायीलाई कच्चा पदार्थको समस्या भएकाले यसमा पनि सरकारले सहज ढङ्गबाट उपलब्ध गराउन ध्यानाकर्षण गरेको छ । हाल बैंकबाट दैनिक १० केजी मात्रै सुनचाँदी लिन पाउने व्यवस्था रहेकाले सुनचाँदी बिक्री हुने मौसममा ३० देखि ४० केजीसम्म र बेमौसमको बेलामा २० केजीसम्म उपलब्ध गराउनुपर्ने जिकिर उनले गरे । साथै, आवश्यक कच्चा पदार्थको व्यवस्था नभएकाले व्यवसाय सञ्चालनमा निकै समस्या रहेको उनको भनाइ छ ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लाका अनुसार नेपालमा विदेशबाट सुनचाँदी ल्याई मौलिकता झल्काउँदै विदेशमा निर्यात गरी करोडौं कमाउन सक्ने बताए । नेपाली बजारमा धेरै व्यवसायी भएता पनि सुन बनाउँदा कालीगढको रुपमा भारतीय श्रमिक प्रयोग हुने भएकाले आफ्नै कालीगढ उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
त्यस्तै राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले सुनचाँदी व्यवसायमा मौलिकता झल्काउने भनिएता पनि हालसम्म खासै प्रभावकारिता नभएको बताए । व्यवसायीले मौलिकताका साथै गुणस्तरमा ध्यान दिई विदेशमा निर्यात गर्न सक्ने वातावरण बनाउनुपर्ने त्यसबाट लाभ लिन सक्ने बताए ।
SHARE YOUR THOUGHTS