बैंकिङ क्षेत्रका कर्मचारीमध्ये ३८.७१% महिला, प्रभु र प्राइममा ५०% बढी, कुन बैंकमा कति ? « Eglish Khabarhub

बैंकिङ क्षेत्रका कर्मचारीमध्ये ३८.७१% महिला, प्रभु र प्राइममा ५०% बढी, कुन बैंकमा कति ?


१९ माघ २०७७, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । हरेक क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने व्यवस्था नेपालको संविधानले गरेको छ । सोही अनुसार सरकारी तथा निजी क्षेत्रका अधिकांश संघ संस्थाहरुले समावेशितामा कर्मचारी नियुक्त गरेका पाइन्छ ।

जागिरका लागि निजी क्षेत्रमा सबैभन्दा आकर्षणमध्येको एक हो बैंकिङ क्षेत्र । यही क्षेत्रमा महिलाको संख्या पनि बढ्दै गएको तथ्यांकले देखाएको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमा गत असार मसान्तसम्म करार र स्थायी बैंकिङ गरी ४४ हजार ५०२ जना करार र स्थायी बैंकिङ कर्मचारी कार्यरत थिए ।

जसमा ३८.७१ प्रतिशत अर्थात १७ हजार ३ सय जना महिला कर्मचारी रहेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । कुल कार्यरत कर्मचारीमा ६१.२९ प्रतिशत अर्थात् २७ हजार २ सय २ जना पुरुष कर्मचारीको संख्या छ ।

गत आवको असार मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल ३६ हजार ९६७ जना कर्मचारी कार्यरत थिए । जसको ६१.३७ प्रतिशत अर्थात् २२ हजार ७ सय ४६ जना पुरुष र ३८.६३ अर्थात् १४ हजार २ सय २१ जना महिला कर्मचारी कार्यरत थिए ।

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुमा ४ हजार ४५६ जना पुरुष र ३ हजार ७९ जना महिला कर्मचारी थप भएको संघको तथ्यांकले देखाएको छ ।

यी हुन् धेरै महिला कर्मचारी राख्ने १० वाणिज्य बैंक, प्रभु बैंक पहिलो, कुनमा कति ?

बैंकिङ क्षेत्रमा महिला कर्मचारीको बढ्नुले पुरुष सो सरह महिलाले आफ्नो क्षमता अनुसारको योगदान हरेक क्षेत्रमा गर्न सक्छन् भन्ने उदारहण भएको सानिका बैंकका कार्यकारी अधिकृत समेत रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘मैले नबिल बैंकबाट काम गरेर आएको त्यहाँको उच्च व्यवस्थापनमा सँगै काम गर्ने धेरै जना महिला साथीहरु नै हुनुहुन्थ्यो,’ उनले क्लिकमाण्डूसँग भने, ‘सानिमा बैंकमा सिनियरभन्दा जुनियर लेवलमा बढी महिला कर्मचारी छन्, बाहिरबाट सिनियर महिला कर्मचारी नल्याएका कारण बैंकमा भएका जुनियर महिला कर्मचारीको क्रमैसँग क्षमता विकास हुँदैछ, तर अन्य बैंकहरुमा सिनियर लेभलका महिला कर्मचारी धेरै हुनुहुन्छ ।’

बैंकिङ क्षेत्रका कुल कर्मचारीमा महिलाको संख्या समावेशीमात्र नभएर केही समयपछि कुल कर्मचारीमा महिलाको संख्या पुरुषको भन्दा बढी हुनुका साथै उच्च व्यवस्थापनमा पनि महिला कर्मचारीको संख्या बढ्ने सम्भावना रहेको उनको दावी छ ।

‘महिलाहरु पुरुषभन्दा केही हिसाबमा कम हुनुहुन्न, उहाँहरुको प्रस्तुती धैरै राम्रो हुन्छ, बैंकिङ क्षेत्रका महिला कर्मचारी पुरुष सो सरह नै इमान्दार, मेहनती छन्,’ उनले थपे, ‘नेतृत्वमा भएकाहरुले विभेद नगरी उहाँहरुलाई अगाडि बढ्ने बाटो दिनुपर्छ ।’

बैंकमा महिलाः सानिमा बैंकमा ३५% महिला कर्मचारी, कम छैन पर्फर्मेन्सः सीइओ दाहाल

महिलाको तुलनामा पुरुषहरु विदेशीने क्रम बढेको हुँदा बैंकिङ क्षेत्रमा पछिल्लो समय नियुक्ती पाएका कर्मचारीमा महिलाको बाहुल्यता भएको उनले जानकारी दिए । सोही कारण भविष्यमा बैंकिङ क्षेत्रमा पुरुष कर्मचारीभन्दा बढी महिला कर्मचारी हुने उनको दावी छ ।

कुन बैंकमा कति महिला कर्मचारी ?
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये सबैभन्दा बढी प्रभु बैंकमा महिला कर्मचारी छन् । बैंकमा कुल बैंक कुल २ हजार ४०४ जना कर्मचारीमा ५३ प्रतिशत अर्थात् १ हजार २९३ जना महिला कर्मचारी कार्यरत छन् ।

प्रतिशतका आधारमा सबैभन्दा बढी महिला कर्मचारी भएको बैंकको दोस्रो नम्बरमा प्राइम बैंक छ । बैंकमा कुल २ हजार ४६ जना कर्मचारी रहेकोमा ५२.१५ प्रतिशत अर्थात् १ हजार ६७ जना महिला कर्मचारी छन् ।

यसैगरी, बैंक अफ काठमाण्डूमा कुल १ हजार २८ जना कर्मचारी कार्यरत छन् । जसमा ४८.६४ प्रतिशत अर्थात् ५ सय जना महिला कार्यरत छन् । साथै, नेपाल इन्भेष्टमेन्ट बैंकमा कुल १ हजार ८ सय ९४ जना कर्मचराी कार्यरत छन् । जसमा ४६.८३ प्रतिशत अर्थात् ८८७ जना महिला कर्मचारी कार्यरत छन् ।

संघद्वारा उपलब्ध तथ्यांकअनुसार स्ट्याण्र्डड चार्टर्ड बैंकमा ५४.५८ प्रतिशत् अर्थात् २ सय ९२ जना पुरुष र ४५.४२ प्रतिशत अर्थात् २ सय ४३ जना महिला गरी ५ सय ३५ जना कर्मचारी कार्यरत छन् । साथै, मेगा बैंकमा ५७.१५ प्रतिशत अर्थात् १ हजार ४३ जना पुरुष र ४२.८५ प्रतिशत अर्थात् ७ सय ८२ जना महिला गरी १ हजार ८ सय २५ जना कर्मचारी कार्यरत छन् ।

माछापुच्छ्रे बैंकमा कुल १ हजार ४ सय ८६ जना कर्मचारी कार्यरत छन् । जसमा ५७.६० प्रतिशत अर्थात् ८ सय ५६ जना पुरुष र ४२.४० प्रतिशत अर्थात् ६ सय ३० जना महिला कर्मचारी कार्यरत छन् ।

एनआइसी एशिया बैंकमा कुल २ हजार ९ सय ८ जना कर्मचारी कार्यरत छन् । जसमा ५८.४९ प्रतिशत अर्थात् १ हजार ७ सय १ जना पुरुष र ४१.५१ प्रतिशत अर्थात् १ हजार २ सय ७ जना महिला कर्मचारी कार्यरत छन् ।

सिटिजन्स बैंकमा कुल १ हजार ४ सय ७३ जना कर्मचारी कार्यरत छन् । जसमा ५९ प्रतिशत अर्थात् ८ सय ६९ जना पुरुष र ४१ प्रतिशत अर्थात् ६ सय ४ जना महिला कर्मचारी कार्यरत छन् ।

साथै हिमालयन बैंकमा कुल १ हजार ५ जना कर्मचारी कार्यरत छन् । जसमा ५९ प्रतिशत अर्थात् ५ सय ९३ जना पुरुष र ४१ प्रतिशत अर्थात् ४ सय १२ जना महिला कर्मचारी कार्यरत छन् ।

यसैगरी, गत असार मसान्तसम्म कुमारी बैंकमा कुल १ हजार ७ सय ८१ जना कर्मचारीमा ३९.५३ प्रतिशत अर्थात् ७ सय ४ जना महिला कर्मचारी, एनएमबी बैंकमा कुल १ हजार ६ सय ५४ जना कर्मचारीमा ३९.२४ प्रतिशत अर्थात् ६ सय ४९ जना महिला कर्मचारी र एनसीसी बैंकमा कुल १ हजार ३ सय ४१ जना कर्मचारीमा ३९.२२ प्रतिशत अर्थात् ५ सय २६ जना महिला कर्मचारी छन् ।

साथै, सिभिल बैंकमा कुल ९ सय ६० जना कर्मचारीमा ३८.७५ प्रतिशत अर्थात् २३ सय ७२ जना महिला, सिद्धार्थ बैंकमा कुल १ हजार ८ सय ८७ जना कर्मचारीमा ३८.३१ प्रतिशत अर्थात् ७ सय २३ प्रतिशत महिला, नबिल बैंकमा कुल १ हजार १ सय २८ जना कर्मचारीमा ३६.१७ प्रतिशत अर्थात् ४ सय ८ प्रतिशत महिला र नेपाल बैंकमा कुल २ हजार ६ सय ८९ जना कर्मचारीमा ३५.८१ प्रतिशत महिला र ग्लोबल आइएमई बैंकमा कुल ३ हजार ७४ जना कर्मचारी रहेकामा ३५.६२ प्रतिशत महिला कर्मचारी कार्यरत छन् ।

यस्तै, लक्ष्मी बैंकमा कुल १ हजार २ सय १८ जना कर्मचारी रहकोमा ३५.४७ प्रतिशत अर्थात् ४ सय ३२ जना महिला, सेञ्चुरी बैंकमा १ हजार ४ सय ९८ जना कर्मचारीमा ३४.७८ प्रतिशत महिला र सनराइज बैंकमा कुल १ हजार ४ सय ८४ जना कर्मचारी रहेकोमा ३३.०२ प्रतिशत अर्थात् ४ सय ९० जना महिला कर्मचारी कार्यरत छन् ।

३३ प्रतिशतभन्दा थोरै महिला कर्मचारी भएका बैंक
संविधानले नै हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत हुनुपर्ने व्यवस्था गरे पनि केही वाणिज्य बैंकहरुमा भने सोको कार्यान्यवन भएको छैन । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये ५ वटा वाणिज्य बैंकमा कुल कर्मचारीमा महिला कर्मचारीको संख्या ३३ प्रतिशतभन्दा थोरै छ ।

नेपाल बंगलादेश बैंकमा कुल १ हजार १ सय ९४ जना कर्मचारी छन् । जसमा ३२.४१ प्रतिशत अर्थात् ३ सय ८७ जनामात्र महला कर्मचारी छन् भने ६७.५९ प्रतिशत अर्थात् ८ सय ७ जना पुरुष कर्मचारी छन् ।

साथै, सानिमा बैंकमा कुल १ हजार ५ सय ४१ जना कर्मचारी छन् । जसको ६८.२० प्रतिशत अर्थात् १ हजार ५१ जना पुरुष र ३१.८० प्रतिशत अर्थात् ४ सय ९० जना महिला कर्मचारी कार्यरत छन् ।

राष्ट्रिय वाणिज्य बैंकमा कुल २ हजार १ सय १६ जना कर्मचारीमा ३०.८८ प्रतिशत अर्थात् ३ सय १० जना महिला, नेपाल एसबीआई बैंकमा कुल १ हजार ४ जना कर्मचारीमा ३०.८८ प्रतिशत अर्थात् ३ सय १० जना महिला, एभरेष्ट बैंकमा कुल १ हजार ३ सय १५ जना कर्मचारीमा ३०.०४ प्रतिशत अर्थात् ३ सय ९५ जना महिला र कृषि विकास बैंकमा कुल २ हजार १४ जना कर्मचारीमा २७.१६ प्रतिशत अर्थात् ५ सय ४७ जना महिला कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार ००:००  १० : ४० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping