कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि वैज्ञानिक खोजमा जुटेका एक वैज्ञानिक दम्पतिले क्यान्सर जस्तो प्राणघातक रोगको समेत खोप बनाउन सकिने निष्कर्ष निकालेका छन् ।
उनीहरुले कोरोना भाइरस विरुद्धको खोप पत्ता लगाउने तथा त्यसको अनुसन्धानको क्रममा नै क्यान्सरको खोपमा समेत सफलता प्राप्त गर्न सकिने बताएका हुन् ।
कोरोनाको औषधी खोज्ने क्रममा उनीहरुले यस्तो आश्चर्यजनक परिणाम प्राप्त गरेका छन् कि त्यसले विश्वव्यापीरुपमा महामारी कै रुपमा फैलिएको नसर्ने रोग क्यान्सरमा समेत सफलता प्राप्त गर्ने विधि पत्ता लगाएका छन् ।
उनीहरुको सोधलाई पूर्णरुपमा दिन सकिए र अनुसन्धानकर्ता संस्थाले अनुमति दिएमा क्यान्सरका विरुद्ध प्रयोग गरिने किमोको विकल्प हुन सक्ने जनाइएको छ ।
क्यान्सर रोग नियन्त्रणका लागि समेत खोप दिन सकिने उनीहरुको भनाइ छ । जर्मनीका वैज्ञानिकले पत्ता लगाएको सो जानकारीको थप परीक्षण गरिने अन्तर्राष्ट्रिय समाचार माध्यमले समाचार बनाएका छन् ।
बायोएनटेकका संस्थापक प्रमुख कार्यकारी अधिकृृत डा. उगर साहिन दम्पतिले पछिल्लो २० वर्षदेखि क्यान्सरको बारेमा अनुसन्धान गरिरहेका थिए ।
कोरोना भाइरसको औषधी खोज्दै जाँदा जर्मनीका वैज्ञानिक दम्पतीले क्यान्सरको विषयमा खास विषय पत्ता लगाएका छन् ।
बायोएनटेकका सीइओ समेत रहेका उगर साहिन तथा उनकी पत्नी डा ओजलेम तुरेसीले शरीरको प्रतिरोध तन्त्रको ट्यूमरको मुकाबिला गर्न सक्षम बनाउने तरिकाको खोज गरेका छन् ।
अब उनीहरु त्यसको खोप बनाउन जुटेका छन् । दम्पति भन्छन् कि यदि सबै कुरा ठीकठाक अवस्थामा रहन गयो भने आगामी २ वर्षभित्र हामी क्यान्सरको खोप समेत उपलब्ध गराउन सक्छौं ।
दम्पतिले पछिल्लो दुई दशकदेखि सो विषयमा खोज गर्दै आएका थिए । कोरोनाको खोप तथा औषधी खोज गर्ने क्रममा विगतदेखिकै लामो खोज तथा तथा अनुसन्धानलाई समेत सहयोग मिलेको छ ।
डा. तुरेसीका अनुसार बायोएनटेकको कोभिड १९ को म्यासेन्जर आरएनए (एमआरएनए)को मद्दतबाट मानव शरीरको प्रोटिन उत्पादनका सन्देश दिन्छ ।
जो प्रतिरोधितन्त्रको माध्यमबाट भाइरसविरुद्धको लडाईमा सक्षम देखिएको छ । यसमा त्यो कुरा सम्झन जरुरी छ कि एमआरएनए जेनेटिक कोडको सानो हिस्सा हुन जान्छ ।
जुन कोशिकामा प्रोटिन निर्माण गर्दछ । यसको उपयोग प्रतिरोधी क्षमताको सुरक्षित गर्न एन्टिबडी पैदा गर्नका लागि प्रेरित गर्दछ । तथा त्यसका लागि खास अर्थमा वास्तविक भाइरसको कुनै जरुरी पर्दैन ।
हामीले कोरोना भाइरस विरुद्धको खोप बनाउने क्रमा यसको आधारमाथि क्यान्सरकारको पनि पूरै तरहका साथ खत्तम गर्ने सम्बन्धी केही खोप तयार पारेका छौ ।
अब हामी छिट्टै नै यसको क्लिनिक परीक्षण गर्ने क्रममा लागेका छौ । हालसम्मको अनुसन्धानलाई सावित गर्नका लागि
एमआरएनएमा आधारित खोप क्यान्सरका लागि कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा नै आधारित रहन्छ । खोपले क्यान्सरको विरुद्धमा लड्न के कस्तो तागत पैदा गर्छ भन्ने बारेमा हामी निष्कर्षको धेरै नजिक पुगेका छौ ।
अर्थात् अब क्यान्सरका बिरामीलाई किमोथेरापी तथा रेडियोथेरापीबाट हुने सहनै नसकिने दुखाइबाट छुटकारा मिल्न सक्छ । त्यस्तै कपाल झर्ने, भोक हराउने तथा शरिरको वजन खट्ने जस्ता समस्याबाट समेत मुक्ति मिल्नेछ ।
यस्तै कोरोना भाइरस विरुद्धको खोप बनाउन जुटेको अक्सफोर्डका वैज्ञानिक प्रोफेसर सारा गिलवर्ट तथा प्रोफेसर एड्रियान हिल पनि क्यान्सरको खोप खोज्न लागिपरेका छन् ।
उनीहरुले क्यान्सरका बिरामीमाथि खोपमा आधारित परीक्षणको अन्तिम तयारी गरेका छन् । उनीहरुले त्यसका लागि भ्याक्सिटेक नामक कम्पनी स्थापना गरेका छन् ।
उनीहरु प्रोस्टेट क्यान्सरको उपचारका लागि खोप बनाउने काममा लागेका छन् । शुरुवाती चरणमा उनीहरुले असाध्यै राम्रो नतिजा निकालेका छन् ।
अमेरिकन क्यान्सर सोसाइटीका अनुसार सन् २०४० सम्म संसारभर प्रतिवर्ष २७.५ मिलियन जनसंख्या क्यान्सरबाट संक्रमित हुनेछन् । सन् २०१८ मा १७ मिलियन मानिस क्यान्सरबाट प्रभावित हुनेछन् ।
त्यसवर्ष मात्रै ९.५ मिलियन मानिस क्यान्सर0का कारण अकालमा ज्यान गुमाउन बाध्य भएका छन् । सन् २०४० सम्म १६.३ मिलियन मानिस क्यान्सरका कारण अकालमा मृत्यु अंगाल्न बाध्य हुनेछन् ।
SHARE YOUR THOUGHTS